२०८३ कार्तिक ९, सोमवार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

सन्तोष दुलाल

कोरोनाको विश्वव्यापी महामारीले मानव जातिलाइ नै अबको विश्वलाई कसरी लिएर अगाडि बढ्ने, सामाजिक राजनैतिक बाटो र अर्थ व्यवस्थालाई कुन पहलुद्वारा अगाडि बढाउने भन्ने कुरामा सोचनिय बनाएको छ । विज्ञान र प्रविधिको विकासले मान्छेलाइ जिवनयापन गर्न र प्रगती गर्न सार्है सजिलो बनाएको भन्ने हाम्रो बुझाइलाइ सामान्य भाइरसले नै आतंकित बनाएर पशुपन्छि चै खुल्ला रुपले बाहिर,मान्छेहरु चै पिंजडामा बस्नुपर्ने बनाएको छ । यसबाट के सिद्ध हुन्छ भने, अबको विश्व इगो सेन्ट्रीक होइन इको सेन्ट्रीक हुनुपर्ने बाध्यकारी स्थिती हामी सामु अगाडि आएको छ, जुन हामी सबैको हित अनुकुल छ ।

यी बहस फेरि गर्दै गरौला । अब हामी नेपाली राजनिती र समाजलाई कुन ढङ्गले अगाडि बढाउनु पर्छ भन्ने कुरामा बृहत छलफल गरि एक ठाउमा उभिन जरुरी छ ।

हिजोआज कोरोना, नेकपा र सरकारको विषयमा बिभिन्न किसिमका विचार, धारणा र टिकाटिप्पणी गरिरहेका छौ, उठिरहेको सन्दर्भ जो हाम्रो अगाडि छ । ठ्याक्कै यहि समयमा संघ, प्रदेश र स्थानिय तिनै तहका सरकारको आर्थिक वर्ष २०७७÷०७८ को नीति तथा कार्यक्रमको छलफल, बहस गर्ने समय आएको छ । यसै सन्दर्भमा कोरोना महामारिले अर्थतन्त्रमा पार्नसक्ने प्रभाव, वैदेशिक रोजगारिमा गएका लाखौको संख्यामा नागरिक फर्किनु पर्ने अवस्था, राज्यमा शिक्षा र स्वास्थ्यको विषयमा उठेका बहस, कृषिमा आत्मनिर्भर हुनै पर्ने बाध्यता र थिलथिलो भएको नागरिकहरुको मनोबैज्ञानिक पक्ष आदि जस्ता कुराहरुलाइ ख्यालमा राखेर नीति तथा कार्यक्रम बनाइ कार्यान्वयन गर्न सकिएन भने, साच्चै नै हामिले कोरोनाभन्दा ठूलो भयावह स्थितिको सामना गर्नुपर्ने दिन आउनसक्छ ।

त्यसैले अब हामिले हाम्रो नेतृत्व र सरकारलाई स्वस्थ रूपमा सुझाव दिदै, आलोचना गर्दै तिनै तहका सरकारका साझेदार पनि बनेर नीति तथा कार्यक्रमको विषयमा सुझाव राख्नैपर्छ । यहि सन्दर्भ मैले पनि म आबद्ध रहेको पार्टी र पार्टीको तर्फबाट निर्वाचित प्रतिनिधिहरुलाई निम्न बुदागत सुझावहरु राखेको छु । थप अरु कार्यक्रम र मेरो सुझावप्रती तपाईंको प्रतिक्रिया आउनेछ भन्नेमा विश्वास व्यक्त गर्दछु ।

क) लगत संङ्कलन

केही अत्यावश्यक लगत सङ्कलन गर्नुपर्ने विषयवस्तुहरुलाइ प्रष्ट्याउन जरुरी ठानेको छु ।
१) बैदेशिक रोजगारीबाट फर्किनेहरुको
२) पुर्ण र आंशिक रुपका सबै किसिमका मजदुरहरुको
३) कृषि पेशामा आश्रित जनशक्तिहरुको
४) प्राविधिक जनशक्ति तथा विद्यार्थीहरुको
५) अत्यावश्यक स्वाथ्य सेवा आवश्यक पर्ने
६) गरिबी तथा जोखिम निकट समुदायको पहिचान तथा निर्धारण

यदि माथि दिएका बु“दाहरुलाई कार्यान्वयन गर्न सकिएमा कोरोनाका कारणले अनुमान गरिएका वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिहरु तथा स्वदेशमै रहेका सिपयुक्त जनशक्तिहरुको व्यवस्थापन तथा परिचालन गर्न सकिनेछ । त्यसैगरी संकलन गरिएका लगतहरुबाट नगरपालिकाले आफ्ना प्रँथमिकताका क्षेत्रहरु निर्धारण गर्न, त्यसै अनुरुपका योजना तर्जुमा गर्न, वैज्ञानिक तरिकाले बजेट विनियोजन गर्न, संकट तथा महामारीका बेला शिघ्र र प्रभावकारी कार्यक्रम संचालन गर्न सघाउ पुग्नेछ ।

ख) कृषि तथा पर्यावरण

१) पालिकाको आफ्नै कृषि बिमा कार्यक्रम तथा उत्पादनमा आधारित अनुदान योजना
२) जमिन बा“झो राख्न नपाउने तथा अत्याधिक दोहन गर्न नपाउने निति निर्माण
३) पालिकाको आफ्नै गुणस्तर मापदण्ड निर्धारण र प्रमाणिकरणको व्यवस्था ( रासयनिक मल, किटानशक औषधिको प्रयोग लगायत अन्य कुराहरुको आधारमा श्रेणी वर्गिकरण र गुणस्तर चिन्ह प्रदान गर्ने)
४) कृषि क्षेत्रमा व्याप्त रहेको विचौलिया प्रथाको अन्त्य गर्न उत्पादक–उपभोक्ता प्रत्यक्ष कृषक बजार संचालन
५) कृषि क्षेत्रमा रहेको कर तथा राजश्व घटाउने र फर्म दर्ता नविकरण लगायतका कानुनी प्रकृयाहरु सरलिकरण गर्ने
६) सम्माननीय प्रधानमन्त्री के.पी.ओली ज्यूले दिनुभएको सुझाव अनुसार सडक पेटी, विद्यालय लगायत नया“ वृक्षरोपण गरिने स्थानहरुमा रैथाने जातका फलफूलका विरुवाहरु अनिवार्य रुपमा लगाउन नियम बनाउने
७) रैथाने जातका वनस्पती तथा पशुपंक्षी अध्ययन अनुसन्धान र उत्पादन केन्द्रको स्थापना गर्ने

संसारभरमा ७० प्रतिशत भन्दा बढि बिउ बीजनहरु माथिको अधिकार विकसित देशहरुका केहि सिमित कम्पनीहरुको कब्जामा पुगिसकेको र बिउ, कृषि प्रविधि लगायत सम्पूर्ण कुरामा परनिर्भर रहनुपर्ने परिस्थितीबाट छुटकारा पाउन, स्वाबलम्बन, खाद्य सुरक्षा र निर्यातमुखी अर्थतन्त्रको बाटोमा जान माथि दिइएका बु“दाहरुको कार्यान्वयनले सहयोग गर्छ भन्ने अपेक्षा गर्न सकिन्छ ।

ग) आर्थिक निति

१) नया“ व्यवसाय दर्ता, नविकरण, राजश्व लगायतमा रहेका कानुनी जटिलताहरुलाई सरलीकरण गर्ने र सकेसम्म एकद्धार प्रणालीबाट सेवा प्रदान गर्ने
२) नवप्रवर्तन र आधुनिक, सामुदायिक व्यवसायहरुको प्रबर्धनका लागि कर छुट तथा अनुदानको व्यवस्था गर्ने
३) नगर सहुलियत पसलको स्थापना र संचालन
४) नगर क्षेत्रमा रहेका पर्यटकीय÷सांस्कृतिक सम्भावनाहरुको अध्ययन र प्रर्बधन गर्ने

कोरोना महामारीका कारण आउन सक्ने आर्थिक मन्दिका कारण व्यक्तिहरुलाई आर्थिक गतिविधि बढाउन व्यवसाय मैत्री वातावरण बनाउन आवश्यक छ । जसका लागि उपयुक्त कर निर्धारण प्रणाली, उपभोक्ताको क्रय क्षमता कायम राख्न व्यवसायमा दिइने कर छुटहरुले भूमिका खेल्न सक्छन् । र, वस्तु तथा सेवाको सहज आपूर्तिले आर्थिक कारोबार नियमित रहने कुरामा आशा गर्न सकिन्छ ।

 घ) सुचना र प्रविधि

१) सामाजिक सुरक्षा संकेतको व्यवस्था गर्ने
२) सेवाग्राहीहरुको बढ्दो व्यस्तता, चाप, महामारी लगायतका कारण सम्भव भए सम्मका सेवाहरुलाई इन्टरनेट मैत्री बनाउने
३) घरेलु तथा कृषि औजार, सरल यन्त्र र अन्य प्राविधिक आविष्कार, विकास र अनुसन्धानका लागि स्थानिय शिक्षण संस्थाहरु र योजना तथा प्रस्तावमा आधारित अनुदानको व्यवस्था

नगरबासीको सम्पूर्ण व्यक्तिगत तथा पारिवारीक तथ्यांक रहने सामाजिक सुरक्षा संकेतले नियमित र अत्यावश्यक अवस्थामा आवश्यक सेवाको तर्जुमा, पहु“च र वितरणमा प्रभावकारीता ल्याउनेछ । साथै सेवाहरुलाई इन्टरनेट मैत्री बनाउन सकेमा काम–कारवाही पारदर्शी र चुस्त दुरुस्त बनाउन, सुचना माथि जनताको अधिकारलाई प्रभावकारी बनाउन सहयोग पुग्नेछ ।

ङ) भाषा तथा संस्कृति

१) नगर क्षेत्रमा रहेका निजी तथा सामुदायिक विद्यालयहरुमा कम्तिमा ४० प्रतिशत विषयहरु अनिवार्य रुपमा नेपाली भाषामा पढाउनु पर्ने र निजी विद्यालयहरुमा समेत अनिवार्य रुपमा ऐच्छिक मातृभाषाहरु पठनपाठन हुने व्यवस्था मिलाउने
२) पालिकाले धिमाल जातीलाई प्रथम नागरिक घोषणा गरिसकेको सन्र्दभमा नगरपालिकाद्धारा जारी गरीने हरेक सार्वजनिक सुचनाहरु अहिलेलाइ नेपाली र धिमाल दुवै भाषामा जारी गर्ने व्यवस्था मिलाउने
३) नगर क्षेत्र भित्रका धार्मिक, सांस्कृतिक जात्रा, पर्व, थानहरुको पहिचान, संरक्षण गर्ने र त्यसलाई पर्यटनस“ग जोड्ने

बदलि“दो विश्व परिवेशमा आफ्नो पहिचान स्थापित गर्न, प्रतिष्पर्धी क्षमता बढाउन,उत्पादन मुखी र बजारीकरणमा मौलिकताको ठूलो महत्व हुने गर्दछ । त्यसकारण पालिकाले लिने भाषिक, सांस्कृतिक र सामाजिक नितिहरुको महत्वपूर्ण भूमिका रहन्छ ।

यहा“ नसमेटिएका कतिपय विषयहरु जस्तै ः– दमक अस्पतालको स्तरोन्नती, चक्रपथ निर्माण आदि नगरपालिकाको दिर्घकालिन योजनामा परेका विषयहरु रहेकाले तिनीहरुको निरन्तरताको अपेक्षा गर्दछु । र जिम्मेवार नागरिक तथा नेकपा पार्टी सदस्यका हिसाबमा नगरपालिकाको विकास र सम्बृद्धिमा सदैव मेरो योगदान रहने कुरा आश्वस्त गराउन चाहन्छु । हामी सबै मिले मात्र सम्बृद्ध नगरको परिकल्पनालाई साकार पार्न सक्छँैं ।

(लेखक दुलाल नेकपाका युवा नेता तथा सामाजिक क्षेत्रमा कृयाशिल युवा हुन् । उनले यो सुझाव नगरपालिकाले बनाउने नीति तथा कार्यक्रमका लागि समेटनका लागि उपलब्ध गराएकाछन् भने आफु आवद्ध पार्टीलाई पनि यसको बोधार्थ गराएकाछन् ।)