२०८३ कार्तिक ९, सोमवार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

विष्णु्प्रसाद पोखरेल

दमक/  झापाको दमकमा लामो समयपछि शब्जि बजार खुलेको छ । झण्डै एक महिनापछि शब्जि बजार खुलेको हो । सोमबार शब्जि बजार खुलेको हो ।

अर्को निर्णय नभएसम्म अब प्रत्येक दिन विहान ८ बजेदेखि १२ बजेसम्म खुल्ने छ । कोरोना संक्रमणबाट बच्न र बचाउन सावधानी अपनाएर शब्जि बजार सञ्चालन गर्ने सहमति भएको जनाईन्छ ।

यो पटक शब्जि बजारमा केहि सुधार देखिएको छ । भित्र मूल्यमा एकरुपता नभएपनि शब्जि निक्कै सस्तो रहेको छ । बाहिर गेटमा मूल्य सूचि टाँस गरिएको छ । ब्यापारीलाई धोरै ठाँउ दिएर निश्चित मूल्यको सट्टा केहि अन्तरमा बेच्ने गरी मूल्य टाँस भएको छ ।

बाहिर भन्दा शब्जि बजारभित्र सोमबार ३० देखि ५० प्रतिशतसम्म सस्तो शब्जिको मूल्य पाईएको छ । अझ कागती झनै सस्तो पाईयो । प्रभावकारी न्यूजको अनुगमनमा कागती प्रतिगोटा ४ देखि बढिमा ५ रुपियामा पाईयो ।

बाहिर १० रुपिया देखि २५ रुपियाका दूइदानासम्म उपभोक्ताले किन्दै आएकाछन् । मूल्य एकरुपता नहुनुको कारण भने कोहि राम्रो र कोहि नराम्रो हुने भएकाले निश्चित मूल्य नभएको बताईन्छ ।

तरकारी तथा फलफुल ब्यवसायी संघ दमक ६ का अध्यक्ष कुमार श्रेष्ठका अनुसार सोमबार देखि मूल्य सूचि टाँस गरेर विक्री वितरण शुरु गरिएकाले केहि कमजोरी र एकरुपता नभएको हुनसक्छ ।

हामी आँउदा दिनदेखि एकरुपता ल्याउछौ र तोकिएभन्दा बढि लिने पाईने छैन, उनले भने । यो शुरुवात भएको पनि उनको भनाई छ ।

शब्जि बजारलाई ब्यवस्थित र एकरुपता ल्याउनका साथै सुरक्षा अपनाएर विक्री बितरणको ब्यवस्था गर्न संघका पदाधिकारी तथा सदस्यहरु लागि परेको देखिएको थियो ।

दमकमा यस्तो सस्तो छ सब्जिको मुल्य! तर पनि मन परी छ । दमकको सव्जी बजारमा प्रभाबकारी न्युजको छ्डके अनुगमन

Posted by प्रभावकारी न्यूज डिजिटल पत्रिका on Monday, 11 May 2020