दमकमा मस्जिदमा रहेकाहरुको बिदाईसंगै दमकका क्वारेन्टाइन रित्तियो
विष्णुप्रसाद पोखरेल
दमक । भारतमा भएको मुश्लिम भेलामा सहभागि भएर आएका झापा दमक ६ स्थित जामे मस्जिदमा रहेका १४ जना भारतीय मुश्लिम धर्मगुरुहरु र दमकको मानसरोवमा रहेकापनि विदा भएपछि दमकका क्वारेन्टाइन रित्तो भएकाछन् ।
१४ जनलाई मस्जिद भित्रनै क्वारेन्टाइन बनाएर राखिएको थियो । उनिहरुको स्वास्थ्य अवस्था राम्रो रहेको र आरडीटी परीक्षण तथा स्वाब परीक्षण पनि नेगेटिभ आएपछि होम क्वारेन्टाइनमा बस्ने गरी विदाई गरिएको दमक नगरपालिकाले जनाएको छ ।
नगरपालिकाकी प्रवक्ता गीता अधिकारीले केहि दिन अघि जारी गरेको बिज्ञप्ति अनुसार मस्जिदमा रहेका १४ जना र मानसरोवर कलेजको क्वारेन्टाइनमा रहेका ११ जनाले नै क्वारेन्टाइन अवधि पुरा गरेकाले विदाई गरिएको हो ।
नगरपालिकाको स्वास्थ्य शाखाले उनिहरुलाई होम क्वारेन्टाइनमा पनि नियमित रुपमा स्वास्थ्य जाँच गर्ने पनि बताईएको छ ।
दमक नगरपालिकाका स्वास्थ्य शाखाका निरीक्षक बद्रि बरालका अनुसार दमकमा एकजनामा कोरोना पोजेटिभ देखिएको र अन्य कसैलाई पनि देखिएको छैन ।
क्वारेन्टाइनमा बस्नेहरुमा समेत कसैमा कोरोनाको संक्रमण तथा समस्या नदेखिएपछि विदाई गरिएको हो ।
हामी नियमित रुपमा उहाँहरुको बिषयमा जानकारी लिने काम गर्नेछौ, उनले भने । केहि दिनयता भने दमकमा कसैको पनि आरडीटी तथा स्वाब परीक्षण भएको छैन ।
