२०८३ असार ११, बिहिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

मैले जे देखे त्यहि लेखे

विष्णुप्रसाद पोखरेल

दमक/ सोमबार एकाएक नेपालमा कोरोना संक्रमितको ग्राफ ह्वात्तै बढेको छ । यो संगै मूलकमा कोराना संक्रमणको त्रास बढेको छ । स्वास्थ्यकर्मी र पत्रकार सहित दूइसयको संख्यामा कोरोना पोजेटिभ भेटिएकाछन् । अहिलेसम्मकै सबैभन्दा बढि आज एकैदिन थुप्रै संक्रमित भेटिएकाछन् ।

दमकमा लक डाउन खुकुलो भएको अवस्था छ । अझ दमक तथा झापामा लकडाउन नाम मात्रैको रहेको छ । झापा भारतसंग सिमा जोडिएको र त्यहाँ महामारी फैलिएको अवस्थामा झापा खतरा रहेको छ । झापाको दमकमा भारतीय शब्जि तथा फलफुल निर्वाध रुपमा आइरहेको छ यसले गर्दा कोरोना संक्रमणको जोखिम देखिन्छ ।

अत्यआवश्यक पसल खुला भनिएपनि दमकमा यस्तो देखिदैन । सबै प्रकारका पसल खुलेकाछन् । आधा सटर खोल्ने र ब्यापार गर्ने क्रम रोकिएको छैन । सार्वजनिक सवारी साधनको रुपमा रहेका सिटी र ट्याम्पो समेत सञ्चालन भएकाछन् । भट्टीपसल पनि खुलाछन् । को नयाँ मान्छे छरछिमेकमा आयो कसैलाई पत्तो छैन । यसले संक्रमणको जोखिम रहेको छ ।

दमक सहित झापामा कोरोना संक्रमण भए नभएको पत्ता लगाउन न जाँच छ न त लकडाउन नै कडा छ । अनि हामी सुरक्षित छौ भन्ने आधार कहाँ छ ? सिमाबाट भटाभट अत्यआवश्यक सामाग्रि भन्दै सवारी साधनहरु भित्रेकाछन् । सिमामा रात्रिकालिन समयमा प्रहरीलाई ड्युटी गर्नका लागि र हेर्नका लागि बिजूलीबत्तिको पनि सुविधा छैन ।

अब बच्ने र बाँच्ने एउटै उपाय भनेको सुरक्षित भएर घरमा नै बस्न भएको छ । जे छ घरमा त्यहि खाने समय आएको छ । अन्यथा संक्रमण फैलन सक्छ । महामारी निम्तन सक्छ । सरकारलाई गालि गर्ने भन्दा पनि अब आफै आफुलाई कसरी सुरक्षित राख्ने सबैले सोच्ने हो की ?