दमकमा टिपर आतंक, एक वालकको घटनास्थलमा गयो ज्यान (भिडियो सहित)
दमक/ झापाको दमक ५ स्थित दीपेनी मार्गमा टिपरको ठक्करबाट एकको ज्यान गएको छ । अधिक गतिमा रहेको टिपरले साइकलमा रहेका १६ बर्षिय वालकलाई ठक्कर दिएको थियो ।
को.१ ख. ५५२४ नम्बरको टिपरको ठक्करबाट दमक १ का १६ वर्षिय सोवित दर्जीको ज्यान गएको हो । उनको कम्मर मुनीको भाग कच्याककुचुक भएको थियो ।
उनको घटनास्थलमा नै ज्यान गएको र पछि सडकमा दमकले पानी छिटेर रगतको टाटा हटाएको थियो । स्थानीयले रगतको टाटा हटाइदिन आग्रह गरेका थिए ।
दमकका भित्रि सडक तथा जथाभावि टिपर सञ्चालनमा रोक लगाउन माग उठेपनि सुनुवाइ नहुँदा बारम्बार दुर्घटना भइरहेको छ । एकप्रकारले दमक र आसपासमा टिपर सम्राज्य रहेको छ ।
यसमा स्थानीय सरकार, प्रशासन, ट्राफिक र सरोकारवाला कसैको पनि ध्यान नगएको आरोप बारम्बार लाग्दै आएको छ ।
दमकमा टिपरको ठक्करले एक बिहानै एक बालकको बिभत्स तवरले गयो ज्यान । स्थानिय आक्रोसित
Posted by प्रभावकारी न्यूज डिजिटल पत्रिका on Tuesday, 12 May 2020
