२०८३ कार्तिक ९, सोमवार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

कोरोना संक्रमित भन्दै बिर्तामोड आएका एक युवालाई थप परीक्षणका लागि भद्रपुर पठाइएको छ । उनी भारतबाट भागेर आएको जानकारी दिएका छन् ।

कोरोना पोजिटिभ देखिएका ति व्यक्तिले बाहुनडाँगीको बाटो हुँदै भागेर नेपाल छिरेको प्रहरीलाई जानकारी गराएपछि परीक्षणका लागि अस्पताल पठाइएको बिर्तामोडका डीएसपी मुकुन्द रिजालले जानकारी दिए । डीएसपी रिजालले भने, ति युवाले भनेको कुरा विश्वास गरिहाल्ने अवस्था छैन, तर रिक्स लिनुभन्दा परीक्षण गराउनु उपयुक्त लागेर अस्पताल पठाइसकेका छौं ।

भारतको बेङ्लोरबाट भागेर आएका ति युवकले खानपिन राम्रो नभएपछि नेपाल आएको बताएका थिए । प्रत्यक्षदर्शीका अनुसार युवकले कोरोना परीक्षण गरेको कागजात समेत देखाएका थिए ।टाइम्सअफ प्रदेश अनलाइनले लखेको छ ।