२०८३ कार्तिक १०, मङ्लबार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

विष्णुप्रसाद पोखरेल

दमक/ झापाको अर्जुनधारा नगरपालिकाले आगामि जेठ ५ गतेसम्म लकडाउनलाई कडा गर्ने भएको छ । अर्जुनधारामा अत्यआवश्यकीय औषधि पसल बाहेक अन्य सबै प्रकारका पसल तथा सवारी साधनहरु बन्द रहने भएकाछन् ।

सम्भावित जोखिमलाई ध्यान दिदै अर्जुनधारामा दैनिक उपभोग्य र निर्माण सामाग्रिका पसलहरु पनि बन्द गर्ने निर्णय सर्वपक्षिय छलफलले गरेको हो ।

यसभन्दा अघि निर्माण सामाग्रि बोक्न र अन्य प्रयोजनका पास पनि रद्ध गरिएको छ, नगरप प्रमुख हरीबहादुर रानाले भने । अब लकडाउन पालना नगर्नेलाई कार्वाही गरिने जनाईएको छ ।

झापामा यसरी पुर्ण रुपमा पसल तथा सवारी साधन बन्द गर्ने घोषणा गर्ने अर्जुनधारा पहिलो नगरपालिका हो । झापामा लकडाउन खुकुलो भएको र यसले कोरोना संक्रमण बढ्ने खतरा रहेको भन्दै आलोचना हुँदै आएको छ ।

गामी जेठ ५ गतेसम्म अत्यावश्यक सेवासम्बन्धि कामकाज बाहेक अन्य कामकाजका लागि आवागमन बन्द गर्ने निर्णय गरेका छौ र यो कार्यन्वयन गर्नु सबैको साझा दायित्व हो भएको पनि रानाले बताएकाछन् ।

लकडाउनको समयमा अन्य स्थानीय तहहरुबाट आएका मजदुरहरुलाई उनीहरुको स्थायी ठेगानामा फिर्ता पठाउने पनि सर्वदलिय बैठकले निर्णय गरेको सार्वजनिक गरिएको छ ।