२०८३ कार्तिक १०, मङ्लबार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

विष्णुप्रसाद पोखरेल

दमक/ झापाको दमकमा नाम मात्रैको लकडाउन भएको र यसबाट कोरोना संक्रमणको खतरा बढेको भन्दै दमक उद्योग बाणिज्य संघ सहित यहाँका सामाजिक संघसंस्थाहरुले लकडाउनलाई कडा एवं प्रभावकारी बनाउन माग गरेकाछन् ।

नगरपालिकाका प्रमुख रोमनाथ ओलीलाई नेपाल रेडक्रस सोसाइटी, रोटरी क्लव लगायतका संघसंस्थाहरुले भेटेर बिभिन्न अप्ठ्याराहरुको बिषयमा अवगत गराउदै लकडाउनलाई कडा बनाएर स्वास्थ्य सुरक्षामा विशेष ध्यान दिन माग गरेको बताईन्छ ।

नगर प्रमुख ओलीले आफुहरुले बारम्बार आग्रह गरेको भएपनि अटेरी गरेको भन्दै यसमा सबैको साथ र सहयोग आवश्यक रहेको बताएका थिए । उनले अत्यआवश्यक काम बाहेक बाहिर ननिस्कन आग्रह गरिदै आएको जनाएका थिए ।

अन्यत्रभन्दा दमकमा शुरुवातदेखि नै लकडाउन खुकुलो भएको भन्दै आलोचना हुँदै आएको छ । दमकमा शुरुवातका दिनदेखि नै आँशिक रुपमा पसलहरु खुला रहदै आएको छ । पछिल्लो केहि दिनयता अधिकाँश पसलहरु खुल्न थालेकाछन् ।

दमकमा एकजनामा कोरोना पोजेटिभ पुष्टि भएको थियो । थप कसैमा पनि कोरोना संक्रमण भएको अहिलेसम्म भएको पत्ता लागेको छैन । पछिल्लो केहि दिन यता स्वाब परीक्षण कसैको पनि नभएको नगरपालिका स्वास्थ्य शाखा श्रोतको भनाई छ ।

दमक अस्पतलको आइसुलेसनमा रहेका विरामीहरुको पनि सबै घर फर्केकाछन् । क्वारेन्टाइनमा रहेकाहरुको पनि बसाई अवधि सकिएपछि होम क्वारेन्टाईमा घर पठाईएको यसभन्दा अघि नगपालिकाले प्रेस विज्ञप्ति जारी गरेर नै सार्वजनिक गरिसकेको छ ।