दमक सहित झापामा टिपरले प्रतिघण्टा ४० भन्दा बढि गतिमा कुदाएमा कार्वाही-प्रकाश जेबेगु
विष्णुप्रसाद पोखरेल
दमक/ जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रकाश जबेगुले सकडमा टिपरको ज्यादती बढेको गुनासो आएको भन्दै यस्तो ज्यादती रोकिने बताएकाछन् । उनले यसको प्रयास शुरु भइसकेको जनाउदै कुनै टिपरले त्यसरी कुदाएको भए नजिकको ट्राफिक प्रहरीलाई जानकारी गराउन पनि भनेकाछन् ।
जवेगुका अनुसार दमक सहित झापाका ३ स्थानमा विशेष प्रकारले टिपरको जाँच गर्ने ब्यवस्था मिलाईएको पनि जनाए । र्याडरगन मार्फत गति नाप्ने र केहि मिनेट होल्ड गरेर चालकलाई सम्झाउने सम्मका कार्यहरु गरिने जवेगुले जनाएकाछन् । हामी यस बिषयमा गम्भिर र संवेदनशील छौ, उनले भने ।
टिपरका कारण नै दमकमा एकजनाको ज्यान गएपछि टिपरको ज्यादती रोक्नका लागि दमकमा जिल्ला ट्राफिक प्रहरी कार्यालयले थप जनशक्ति पनि पठाएको जवेगुको भनाई रहेको छ । प्रतिघण्टा ४० किलोमिटरभन्दा बढि गतिमा कुदाएको अवस्थामा कार्वाही गरिनेछ, उनले भने ।
जाँचलाई कडा पार्दै निर्माण सामाग्रि ढुवानी गर्ने टिपरबाट दुर्घटना रोक्न चुनौती बन्दै गएको छ । गति कन्ट्रोल गर्ने र टाइम कार्ड बनाएर लागु गर्नका लागि पनि आफुभन्दा माथिल्लो निकायसंग पनि समन्वय गर्ने पनि उनले बताएकाछन् । टिपर सञ्चालकहरुको प्रभावमा परेर टिपरहरुले ट्राफिक नियम मिच्ने गरेको आरोप लाग्दै आएको छ ।
दमक सहित झापामा टिपर ज्यादती रोक्न के गर्दैछ झापा ट्राफिक ? गति रोक्न के गर्दैछ ट्राफिक ?
Posted by प्रभावकारी न्यूज डिजिटल पत्रिका on Thursday, 14 May 2020
