दमकको चिया बगान नजिक सडकमा दुर्घटना
दमक/ झापा दमक नगरपालिका वडा नं. ४ चिया बगान आज सवारी दुर्घटना भएको छ । पश्चिम बाट पुर्व तर्फ आउदै गरेको मे८ प ५४८८ नम्बरको मोटरसाइकलले सोही दिशा तर्फ जादै गरेको साईकलयात्रीलाई ठक्कर दिएको बताईएको छ ।
साईकल यात्रु दमक नगरपालिका ७ बस्ने बर्ष २२ को आषिक तामाङ मोटरसाइकल चालक कमल गााउपालिका ३ बस्ने बर्ष ४२ को लोक बहादुर श्रेष्ठ दुबैको लाईफ लाईन अस्पताल दमकमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
