२०८३ कार्तिक १०, मङ्लबार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

दमक/ दमकमा गुटखा तथा रजनीगन्धा, चुरोट लगायत सुर्तीजन्य पदार्थको ब्यापाक कालोबजारी भएको बताईएको छ । लकडाउन अघिभन्दा अहिले दोब्बरभन्दा बढिसम्म मूल्य लिएर विक्री भइरहेको बताईन्छ ।

३० रुपियामा पाईने रजनीगन्दा अहिले प्रतिगोटा ८० रुपियासम्म पर्ने गरेको जनाईएको छ । यसको अनुगमन भएको छैन । पसलमा लुकाएर विक्री हुने गरेको छ ।

चुरोट र सुर्तीजन्य सामाग्रिहरुको पनि ब्यापक रुपमा कालोवजारी हुदै आएको छ । दमकका लब्ध प्रतिष्ठित मानिने ब्यापारीहरुले नै कालोबजारी गरेको र पहुँचको भरमा सामान ल्याएर विक्री गर्ने गरेको आरोप पनि लगाईएको छ ।

भारतबाट अबैध रुपमा भन्सार छलेर रजनीगन्धा, पानपराग, राजनिवास, कमलापसन्द लगायतका सामाग्रिहरु अधिक आउने गरेता पनि लकडाउनले यसमा कमी आएपछि ब्यापारीले कालोबजारी शुरु गरेको यसका उपभोक्ताहरु बताउछन् ।