दमकमा गयराती भारतबाट ल्याएको शब्जिको गाडि रातारात फिर्ता, भारतबाट तरकारी नियमित आउने गरेको भन्दै आक्रोश
विष्णुप्रसाद पोखरेल
दमक/ कोरोना संक्रमणको महामारी फैलिएको भारतबाट काँकडभिट्टा नाँका हुँदै दमक ल्याईएको शब्जि राती नै फिर्ता पठाईएको बताईएको छ । काकडभिट्टा नाँका भएर झापाको दमकस्थित शब्जि बजारमा शब्जि ल्याउदै गरेको अवस्था रहेको थियो ।
राती ९ बजेतिर भारतबाट शब्जिको तरकारी भारतबाट आएको सूचना स्थानीयले पाएपछि प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय दमकका प्रमुख विजयराज पंण्डितका अनुसार तत्काल बाणिज्य सघका पदाधिकारीलाई खबर गरेर उक्त शब्जि जताबाट आएको उतै फर्काईएको बताएकाछन् ।
कतिपयले भारतबाट ल्याउने र बीचमा कहि रोकेर अर्को गाडिमा हालेर नेपालको फलफुल तथा तरकारी भन्दै ल्याउने गरेको पनि बताईन्छ । यसबाट कोरोना संक्रमणको त्रास हुने भन्दै यस्तो कार्य रोक्नका लागि बारम्बार माग उठ्दै आएको छ । नगरपालिकाले बाहिबाट आउने फलफुल तथा तरकारी रोक लगाएको बताएपनि कार्यन्वयन भएको छैन ।
यसभन्दा अघि पनि दमकको शब्जि बजारमा भारतबाट फलफुल तथा शब्जि ल्याउने गरेको बताईन्छ । स्थानीय प्रत्यक्षदर्शी एवं सामाजिक अगुवा काशि खातीले सामाजिक सञ्जाल फेसबुकमा आक्रोशयुक्त स्टाटस पनि लेखेकाछन् । काशि खाती लेख्छन-
भारतबाट निर्बाद रुपमा सब्जी आउँछ भने दमकमा के को लागि लक डाउन ? सबै पसल खोल्दा भै गो नि, मरियो भने पनि काम गरेर खाने अनि मर्ने हो । नत्र भने भारतको व्यापार बढाउने अनि नेपालीलाई रोग सार्ने । किन हाम्रो व्यापार बन्द गर्नु पर्ने ? अहिले सम्म हामी भुलभुलैया मा रहेछौ। कोरोना सर्छ भनेर घरमै बसेउ तर रोग चाहिँ भारतबाट किनेर खान्छौ ।यस्तो पनि गर्न दिन मिल्छ ? मेरो मन ले थाम्न सकेन र लेख्नु मन लाग्यो हजुरहरु के भन्नू हुन्छ ?
