२०८३ कार्तिक १०, मङ्लबार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

विष्णुप्रसाद पोखरेल

दमक/ कोरोना विरुद्ध रोगप्रतिराधात्मक क्षमता बृद्धि गर्ने होमियो प्याथिक औषधिको सटेज रहेको छ । भारतमा यसको प्रयोग गर्दा नतिजा राम्रो आएपछि नेपालमा पनि यसको प्रयोग बिषयमा छलफल भएको थियो ।

होमियो चिकित्सक डा. नविन चापागाईका अनुसार सरकारले यसको प्रयोगको अनुमति सहित गाइडलाइन बनाइसकेको जनाए । यसले रोग निको पार्ने होइन तर कोराना विरुद्ध लड्नका लागि रोगप्रतिरोधात्मक क्षमता बढाउछ, उनले भने । यसले शरिरमा कुनै प्रकारको असर नगर्ने उनको भनाई छ ।

आफुहरुले सिमा खटिने तथा कोरोना विरुद्ध अग्रभागमा काम गर्ने सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र पत्रकारलाई यो निशुल्क उपलब्ध गराउन पनि प्रयास गरिरहेको बताएकाछन् । अहिले यो औषधिको अभाव रहेको छ र पर्याप्तमात्रामा उपलब्ध हुने अवस्था रहेको छैन, उनले भने ।

कोरोना विरुद्ध होमियो प्याथिक औषधि आर्सेनिक एल्बम ३० सि होमियो प्याथिक औषधि ४ गोली विहान खाली पेटमा ३ दिनसम्म सेवान गर्दा कोरोना बाट बच्न सकिने र सोहि औषधिसहित अन्य केही थप होमियो प्याथिक औषधीबाट उपचार समेत गर्न सकिने नेपालको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्र्तगतको आर्युवेद तथा बैकल्पिक चिकित्सा बिभागले तयार पारेको प्रोटकलमा लेखिएको डा. चापाईले जनाएकाछन् ।

४० पृष्ठ लामो उक्त निर्देशिका आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग, आयुर्वेद चिकित्सा परिषद् नेपाल र त्रिभुवन विश्वविद्यालय आयुर्वेद क्याम्पस एवम् शिक्षण अस्पतालले संयुक्त रूपमा तयार पारेकाछन् । यसको यो औषधि प्रयोग गर्न सकिने उल्लेख छ ।

कोरोना विरुद्ध रोग प्रतिरोधात्मक क्षमता बडाउने होमियो प्याथिक औसधिलाइ सरकारी मान्यता र प्रयोगको अनुमती । यसबारे होमियो चिकित्सक डा.नबिन चापागाईं

Posted by प्रभावकारी न्यूज डिजिटल पत्रिका on Saturday, 16 May 2020