मैले रतुवा खोलाको दोहन रोक्न खोज्दा उल्टै आरोप लगाईयो-प्रजापती सापकोटा, गरे यस्ता खुलासा
दमक/ दमककको रतुवा खोलाको निर्माणाधिन पुल मुनी स्काभेटर लगाएर टिपरका टिपर सामाग्रि झिकेको सार्वजनिक भएपछि यस बिषयले अहिले चर्चा पाएको छ । दमक र चुलाचुली जोड्ने रतुवा खोलाको पुल मुनीबाट पुल निर्माणमा संलग्न निर्माण ब्यवसायीसंग साँठगाँठ गरेर पुललाई असर पर्ने गरी जनप्रतिनिधिकै संलग्नतामा खोलाजन्य सामाग्रि झिकेको सार्वजनिक भएपछि यसले खैलाबैला मच्चिएको छ ।
खोलो प्रभावित दमक नगरपालिका, कमल गाँउपालिका, चुलाचुली गाँउपालिकाका समेत प्रतिनिधि रहेको एउटा समिति बनाएर खोलाको दोहन रोक्न आवश्यक अनुगमन गर्ने निर्णय भएको केहि दिन बित्न नपाउदै यो बिषय बाहिर आएको हो ।दमक २ का वडाध्यक्ष प्रजापती सापकोटा यसको अध्यक्ष रहेकाछन् । उनले प्रभावकारी न्यूजको कार्यालयमा आएर यस बिषयमा प्रष्ट्याएकाछन् । उनले अवैध रुपमा उत्खनन् भएको थाहा पाएपछि त्यो रोक्न खोज्दा उल्टै आफुमाथि आरोप लगाउन खोजेको जनाए । मेरो संलग्नता भएको भए र त्यो कसैले देखाउछ भने म जस्तो सुकै कार्वाही भोग्न तयार छु, उनले भने ।
वास्तविकता के हो ?
उनले केहि जनप्रतिनिधिको नाम सहित नै त्यहाँबाट खोलाजन्य सामाग्रि झिकेर भण्डारन गरेको बताए । आफुलाई केहि ट्याक्टर पक्राएर पठाएको पनि जनाएकाछन् । दमकतर्फ नगर प्रमुख रोमनाथ ओली सहितलाई लगेर देखाएर अबैध उत्खनन् नगर्न र नगराउन चेतावनी दिएपछि लखनपुरतर्फ खनिएको जनाए । त्यो देखेपछि तत्काललाई सम्बन्धित वडाध्यक्ष र गाँउपालिका उपाध्यक्षलाई पनि बोलाएर देखाएर त्यो कार्य त्यहि रोक्न निर्देशन दिईएको थियो ।
स्टक भनेर ढाँटेर पनि खन्न खोजेको खुलासा
केहि लब्ध प्रतिष्ठित दमकका ब्याक्तिहरुले नै आफुहरुले स्टक गरेको र त्यो झिक्न पाउनु पर्ने भन्दै झिक्न खोजेका थिए । पुल छेउमा रहेको खोलाजन्य सामाग्रि स्टकको भएको र प्रहरीलाई जानकारी दिएर खन्न लागिएको भन्दै उनिहरुले खन्न थालेपछि रोकिएको थियो, सापकोटाले भने । जसले भने पनि यो पाईदैन भनेर रोकिएको थियो, उनले भने । त्यसपछि उनिहरुले यहाँबाट उत्खनन् नगरेको पनि सापकोटाले बताए ।
प्रशासन गुहारे तर पार लागेन
उनि खोलामा अबैध उत्खनन् नरोकिएपछि फेरी पुगेका थिए । त्यहाँ पुगेपछि आफुलाई रोक्न भनेको र त्यो देखिदेखि फोटो खिच्न भन्दै आएर आफ्नो भनाई नै राख्न नदिई भिडियोमा आफुलाई अपमानित ढंगले रेकर्ड गराएको पाईएको उनको भनाई छ । फोटो खिचौ भनेर भन्दा मैलो राम्रो काम गरेको देखेर प्रशंशा नै होला भन्ने ठानेको थिए तर नियत राम्रो रहनेछ, उनले भने । रोक्नलाई गरेको पहल र त्यहाँ गरेको प्रयास देखिरहेको अवस्थामा यस्तो गर्छन भन्ने कल्पना थिएन, उनको दुखेसो थियो । यस बिषयमा गम्भिर रुपमा कुरा उठाउने उनले सुनाए ।
उनले दिउसो १ बजे इलाका प्रशासन कार्यालयमा गएर इलाका प्रहरी कार्यालय दमकका डिएसपी बिजयराज पंण्डित सहित शशस्त्र प्रहरीलाई समेत बोलाएर अबैध उत्खनन् रोक्न अनुरोध गरेको र त्यो गएर बुझ्न आग्रह गरे । धेरै कर गरेपछि प्रहरी पुग्यो तर त्यहाँ कसैलाई पनि नियण्त्रणमा लिईएन, उनले भने । २ बजे गएको प्रहरी ५ बजेसम्म बस्यो र त्यहाँ बाट हिड्यो, हिडेपछि पुन उत्खनन् शुरु भयो, उनले थपे । मन पोलेर उकुशमुकुश भएपछि आफुले नगर प्रमुख, एसपीलाई पनि फोन गरेको उनले जनाए । डिएसपीलाई फेरी फोन गरेर आफुले राती ९ बजे भनेको पनि सुनाए । सबै मोवाइलको कल डिटेल हेरे हुन्छ, उनले भने ।
यता कमल ५ का वडाध्यक्ष डम्बर निरौलाले केहि ट्याक्टर निर्माण सामाग्रि झिक्ने भनेर सिफारीस लिन आएपछि असल नियतले दिएको र वास्तविक कुरा थाहा पाएपछि उक्त कार्य रोक्न इलाका प्रहरी कार्यालय दमकका डिएसपीलाई फोन गरेर अनुरोध गरेको जनाए । दमक २ का वडाध्यक्ष सापकोटाले नै यो कार्य रोक्नका लागि अनुरोध गर्दै गलत भइरहेको जानकारी दिएको निरौलाले स्वीकार गरेकाछन् । यस बिषयमा छानविनहोस भन्ने मेरो चाहाना छ र छानविन समिति बनेर यस बिषयमा गम्भिरताका साथ छानविन भएर दोषीमाथि कार्वाही गरिनुपर्छ, निरौलाले भने ।
