कोराना सक्रमणले नेपालमा सुत्केरी महिलाको दुखदायी मृत्यु, अति सावधानी अपनाउदै नेपाली सेना सहित लागेर दाहसंस्कार
दमक/ नेपालमा कोरोना संक्रमणबाट मत्यु भएकी सुत्केरी महिलाको शव नेपाली सेना सहित सुरक्षाकर्मीहरुको स्कर्टिङ सहित पशुपति आर्यघाटमा ल्याएर अन्तिम संस्कार गरिएको छ ।
अत्यन्त सावधानी अपनाएर उनको शव आर्यघाट सम्म ल्याईएको हो । परिवार तथा कसैले पनि शव छुन पाएनन् । अन्यमा कोरोना संक्रमण नहोस भनेर यस्तो गरिएको जनाईएको छ ।
सिन्धुपाल्चोककी २९ वर्षीया महिलाको कोरोनाको कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले औपचारिक पुष्टि गरेको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९)ले कसैको मृत्यु भएमा कसरी शव व्यवस्थापन गर्ने भनेर कार्यविधि बनाएको छ।
