२०८३ कार्तिक १०, मङ्लबार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

विष्णुप्रसाद पोखरेल

दमक/ झापाको कचनकवल १ घेराबारीमा भारतीय एक समुह जबरजस्ति नेपाल प्रवेस गर्न खाजेपछि सिमामा रहेका सुरक्षाकर्मीहरुले गोली चलाएकाछन् । उनिहरुले भारतीय उक्त समुहलाई धपाएको बताईएको छ ।

१२५ सीमा पिलरमा खटिएको सशस्त्र प्रहरीको टोलीमाथि भारतीयले आक्रमण सहित नेपाल प्रवेस गर्न खोजेको बताईन्छ । अहिले शनिवार राती यो घटना भएको हो ।

यस घटनाको प्रतिनिधि सभा सदस्य राजेन्द्र लिङदेनले पनि पुष्टि गरेकाछन् । उनले घटनाबारे जानकारी दिदै भत्र्सना गरेकाछन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लखेकाछन् –अहिले राती कचनकवल १ घेरावारीमा सिमा सुरक्षामा रहेका सुरक्षाकर्मीहरु माथि भारतीय नागरिकहरुबाट भएको आक्रमण प्रयासको भत्सर्ना गर्दछु । सशक्त प्रतिकार गरि आक्रमणकारीहरूलाई धपाउन सफल सुरक्षाकर्मी र स्थानीय जनतामा धन्यवाद ब्यक्त गर्दछु ।

घटनाबारे विस्तृत विवरण भने आँउन बाँकी रहेको छ । यसभन्दा अघि पनि सिमामा यस प्रकारले भारतीयहरु नेपाल प्रवेस गर्न खोजेका थिए ।