दमक नगरपालिकाका निर्वाचित प्रतिनिधि र कार्यपालिका सदस्यका छोराछोरीहरुलाइ अनिवार्य रुपमा सामुदायिक स्कुलमा पढाउनुपर्छ -सन्तोष दुलाल
दमक/ झापाका दमकका युवा नेता सन्तोष दुलाले अब दमकमा जनप्रतिनिधिका छोराछोरी अनिवार्य रुपमा सरकारी अर्थात सामुदायिक विद्यालयमा पढाउने नीति तथा कार्यक्रम राखिनुपर्ने बताएकाछन् । उनले दमकमा सार्वजनिक पद धारण गरेका ब्याक्तिहरुले पनि सरकारी स्कूलमा नै छोरोछारी पढाउने नीति तथा कार्यक्रम ल्याउनु पर्नेमा उनले जोड दिएकाछन् । दुलालको फेसबुक स्टाटस-
हामिले शिक्षा र स्वास्थ्यलाई राष्ट्रियकरण(सरकारिकरण) गर्नुपर्छ भनेर चर्को रुपमा कुराहरू त उठाइरहेका छौ ।
के तपाई,हाम्रा छोराछोरीलाई सामुदायिक/सरकारी स्कुल/कलेजमा पढाइराखेका छौ त ?
हामिले निजि अस्पतालबाट स्वास्थ्य जाँच,उपचार,सेवा लिइराखेका छौ त ?
#एकपटक_गम्भीर_भएर_सोच्ने_हो_कि ?
दमक नगरपालिकासङ्ग आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रममा दमक नगरपालिकाका निर्वाचित प्रतिनिधि र कार्यपालिका सदस्यका छोराछोरीहरुलाइ अनिवार्य रुपमा सामुदायिक/सरकारी स्कुलमा मात्र पढाउनु पर्ने कार्यक्रम राख्नुहोला ।
#मेरो_सुझाव
अझै सकिन्छ भने , सामुदायिक/सरकारी स्कुलका शिक्षक,कर्मचारी,बिधालय व्यवस्थापन समितिका सदस्य,सरकारी कार्यालय,सस्थान,पेसागत संघ संगठनका प्रतिनिधि,राजनीति तथा सरकारी सेवा सुबिधा लिएका व्यक्तिहरुका छोराछोरीहरुलाइ पनि अनिवार्य रुपमा सामुदायिक/सरकारी स्कुलमा भर्ना गर्नुपर्ने प्रवधान र कार्यक्रमको योजना बनाऔ ।
….र अन्तमा राजनीतिक दलका नेताहरूका छोराछोरी पनि सामुदायिक/सरकारी स्कुलमा भर्ना गर्नैपर्ने प्रावधान राखौ । यी कुराहरूलाई नीति तथा कार्यक्रममा राख्न र कार्यान्वयन गर्नका लागि जनस्तरबाटै दबाब सिर्जना गरौ । अब नागरिकहरुले तिमीहरुको हरेक गतिविधिहरु नियाल्ने छन् , प्रश्न र आलोचना गर्ने छन् । हिजो जे भयो भयो । कसले के गर्यो,के गरेन भन्ने कुतर्क अब स्विकार्य हुने छैन । बेलैमा ध्यान दिन जरुरी छ ।

