२०८३ कार्तिक १०, मङ्लबार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

विष्णुप्रसाद पोखरेल

दमक । झापामा मकैबालिमा फौजी किराको महामारी शुरु भएपछि किसानहरु चिन्तित भएकाछन् । झापाका अधिकाँश पालिकामा फौजि किराको प्रकोप बढेको र यसले उत्पादनमा समेत कमी आउने बताईएको छ । औषधिले काम नगरेपछि फौजी किरा नियण्त्रणमा पनि समस्या रहेको किसानहरुले बताएकाछन् ।

हिउँंदे बालीको रुपमा फस्टाइरहेको मकै खेतीमा फौजी किराले आक्रमण गरेपछि किसानहरु चिन्तित भएकाछन् । झापाको गौरादहस्थित महारानीझोडा साना किसानले विउ उत्पादनका लागि लगाएको मकैमा पनि फौजिक किराको संक्रमण रहेको छ । साना किसान सहकारीकी अध्यक्ष मीना ढकालका अनुसार फौजि किराले मकै उत्पादनमा निक्कै नै गिरावट आउने देखिएको छ ।

झापा बुद्धशान्ति गाँउपालिकाका किासन चम्पा खतिवडाले १० कठ्ठा जमिनमा लगाएको सबै मकै सखाप हुने अवस्था आएको जनाइन । विषादी प्रयोगले समेत किरा मरेको छैन र टिपेर पनि साध्य भएन, उहाँले भन्नुभयो । बुद्धशान्तिमा अधिकाँश किसानको मकै बालीमा फौजि किराको प्रकोप देखिएको बताईन्छ ।

कृषि ज्ञान केन्द्र झापाकी वालि संरक्षण अधिकृत एवं फोकल पर्सन एजिना खड्काका अनुसार बुद्धशान्ति, कमल र कचनकवल गाँउपालिका, अर्जुनधारा नगरपालिका लगायतका क्षेत्रमा प्रकोप देखिएको छ । अन्य पालिकाहरुमा पनि समस्या रहेको खबरहरु आइरहेको र आफुहरुले केहि दिन अघि तयार पारेको विवरण अनुसार २६ सय हेक्टरमा फौजि किराको प्रकोप देखिएको छ ।

यसबाट १० देखि १५ प्रतिशतसम्म उत्पालनमा कमी आउन सक्ने आफुहरुको अनुमान रहेको पनि उहाँको भनाई छ । पालिकाहरुसंग समन्वय गरेर यसको प्रकोपको रोकथामको प्रयास भइरहेको पनि खड्काले भनिन । पालिकाहरुसंग समन्वय गरेर हामी अघि बढिरहेका छौ र किसानहरुले खबर गरे तत्काल हामी उहाँहरुकोमा पुगेर आवश्यक परामर्श दिन तयारी छौ, उनको भनाई छ ।