२०८३ कार्तिक १०, मङ्लबार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

सामान्य अवस्थामा अस्पताल आएर भिड नबढाइदिनुहोस-डा. नविन ढकाल

विष्णुप्रसाद पोखरेल

दमक/ झापा दमकको आम्दा अस्पताल, लाईफलाइन अस्पताल लगायतका अस्पतालहरुमा ओपिडि सेवा खुला गरेपछि भिडभाड बढेको छ । यसबाट स्वयं उपचारमा आउने विरामी र स्वास्थ्यकर्मीहरुमा जोखिम बढेको छ । दमक स्थित आम्दा अस्प्तालका मेसु डा. नविन ढकालले फेसबुकमार्फत भिड देखाउदै लाईभ नै गरेकाछन् ।

उनले अत्यआवश्यक वाहेक अस्पताल आएर भिड नगर्न पनि आग्रह गरेकाछन् । यस अघि इमरजेन्सि सेवा बाहेक ओपिडि बन्द गरे पनि एकसाता अघिदेखि सरकारले अनिवार्य शुचारु राख्न भनेको थियो । त्यसपछि ओपिडिमा भिड लागेको हो । यसले कोरोना संक्रमणको जोखिम बढ्ने बताईन्छ ।

यता लाइफलाइन अस्पतालमालपनि ओपिडि सेवामा भिड छ । सामाजिक दुरी कायम गराउन कोसिस गएिपनि भिड निक्कै रहेको छ र सामाजिक दुरी कायम गराउन धौधौ परेको छ, अस्पतालका ब्यवस्थापक सिम्रिक गिरेले भने । बिमाबाट औषधि लिने दीर्घ रोगीहरुलाई सहज रुपमा औषधि पाउने ब्यवस्था मिलाईएको भएपनि अन्य विरामीहरुको पनि सख्या धेरै रहेको जनाईएको छ ।

देशका बिभिन्न अस्पतालहरुमा कार्यरत तीनजना स्वाथ्यकर्मीहरुमा कोरोना पोजेटिभ देखिएपछि स्वाथ्यकर्मीहरु पनि भयभित रहेकाछन् । कोरोना संक्रमणको जोखिम मोलेर नै सेवा प्रदान गरिरहेकाछन् । अस्पताल नियमित रुपमा पुरानै अवस्थामा सञ्चालन रहेपनि स्वास्थ्यकर्मीमा त्रास भने थप बढ्दो छ ।