आज दमकमा खाद्यन्नको पसल बन्द हुनेदिन, तर अटेरी दमकमा पालना होला ?
विष्णुप्रसाद पोखरेल
दमक/ झापामा बजार खोल्न जोर बिजोर प्रणाली लागु भएको छ । जोर गतेका दिन खाद्यन्न र बिजोर गतेका दिन गैह् खाद्यन्न पसलहरु खाल्ने निर्णय भएको हो । आइतवारदेखि उक्त निर्णय लागु भएको जनाईएको छ । गैह् खाद्यन्न भन्नाले खोल्न यसभन्दा अघि तोकिएका हार्डवेयर, इटाभट्टा लगायतका पसलहरु हुन् ।
दैनिक उपभोग्य सामाग्रि खोल्नका लागि यसभन्दा अघि विहान ८बजेदेखि दिउसो १२ बजेसम्म तोकिएको थियो । सधै खुलाहुँदै आएका थिए । दमकमा पनि सोहि अनुसार खुला भनिएपनि दमकमा पनि ब्यवसायीले धेरै अटेर गरेको र प्रशासनले पनि चासो नदिएको पाईन्छ ।
आज बिजोर अर्थात ५ गते भएकाले दैनिक उपभोग्य सामाग्रिका पसलहरु बन्द रहनु पर्ने निर्णय छ तर दमकमा विहानैदेखि ठाँउठाँउमा पसलहरु खुला हुन शुरु गरेकाछन् । निर्णय त हुन्छ त पलना हुन्न यसले दमकमा धेरै नै जोखिम बढाएको छ, एक स्वास्थ्यकर्मीले भने ।
दमक उद्योग बाणिज्य संघ र बिभिन्न बस्तुगत संघसंगठनहरुले बारम्बार रुपमा दमकमा लकडाउनको पालना नभएको भन्दै लकडाउनको पालना गराउनका लागि माग गर्दै आएकाछन् । तर उस्तै अवस्था रहदै आएको छ । लकडाउन निक्कै फितलो र अवज्ञा गरेजस्तो अवस्था देखिन्छ ।
