२०८३ कार्तिक १०, मङ्लबार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

विष्णुप्रसाद पोखरेल

दमक/ झापामा केहि दिनअघि देखि बिभिन्न चोरबाटो भएर भारतीय निर्माण मजदुर आएको अपुष्ट हल्ला चल्यो । निर्माण क्षेत्रमा यस प्रकारका मजदुरहरु आएको सूचना पाएपछि नेपाल रेडक्रस सोसाइटी, दमक उद्योग बाणिज्य संघले लिखित रुपमा नै तत्काल निर्माणका काम रोक्न पहल गर्न नगरपालिकालाई आग्रह गर्ने निर्णय गर्यो । नगर प्रमुख रोमनाथ ओलीलाई भेटेर नै यो बिषयमा ध्यानकर्षण समेत गरायो ।

दमकमा भारतीय शब्जिहरु आइरहेको सार्वजनिक भइरहेको छ । केर्खामा सवारी साधन फेरर नेपालको शब्जि तथा फलफु जसरी ल्याइरहेको भन्ने सूचना प्राप्त भएपछि त्यो छड्के जाँचका लागि जाने तयारी हुँदाहुदै एक गाडि सिधै शब्जि बजारमा आएपछि त्यो फिर्ता भयो । यस्ता कार्यहरु दमकका लागि शुभ संकेत होइन ।

संघीय सरकार, प्रदेश सरकार, स्थानीय सरकार र जिल्ला स्तरीय संयन्त्रले समेत लकडाउन पालनागर्न गराउन निर्देशन जारी गरेको छ तर पालना भएको छैन । अझ दमकमा त फर्निचर लाइन, पुरानो सुर्तीलाईन, दमक हाइवे सुतेमारी रोड र भित्रि बजारहरुमा ब्यापारीहरुको जम्बरपना रहेको छ । यसले जोखिम निम्ताएको छ । सामान्य स्वास्थ्य सावधानी नअपनाई सटर आधा खोलेर हतारहतार सामान बेच्ने गरेको देखिन्छ ।

दमकमा परीक्षणको दायरा बढाउनुपर्छ । कम्तिमा हजारभन्दा बढि नमुना परीक्षण गरिनु पर्दछ । अनि कोरोना संक्रमणको अवस्था के छ भन्ने थाहा पाउन सकिन्छ । भारतीय कामदार, शब्जि बजारमा रहेकाहरुको जाँच गर्न आवश्यक छ । यस्तो अवस्थामा टोल विकास संस्थाहरु सक्रिय भएर टोलमा नयाँ मान्छे आएको, नयाँ कामदार पसेको प्रहरी वा स्थानीय सरकारलाई जानकारी दिदा हुने हो तर टोल विकास संस्था रमिते देखिन्छ ।

दमक उद्योग बाणिज्य संघले कडा रुपमा लकडाउन पालना गराउन र अटेर गर्नेलाई कार्वाही गर्न सार्वजनिक रुपमा अपिल गर्दा समेत दमकमा लकडाउन पालना गराउन नसक्नु कस्को कमजोरी ? आम उपभोक्ताको पक्षमा बाणिज्य संघले लकडाउनलाई पुर्ण पालना गराउन माग गर्छ तर प्रशासन निरीह छ ।