दमकका कोरोना संक्रमित बृद्ध निको भएर २५ दिनपछि फर्किए घर
झापा दमकका एक बृद्धले कोराना संक्रमणलाई जितेकाछन् । कोशी अस्पताल अन्तर्गतको कोभिड १९ उपचार केन्द्रबाट उनि घर फर्केकाहुन् । दमक ३ का ६२ वर्षीय बृद्ध कोरोना जितेर घर फर्किएको बताईएको छ ।
अस्पताल भर्ना भएको २५ दिनपछि उनलाई आज डिस्चार्ज गरिएको जनाईएको छ । पछिल्लो पटक गरिएको कोरोना परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रका जनस्वास्थ्य अधिकृत ज्ञानबहादुर वस्नेतले बताएकाछन् ।
उनी डिस्चार्ज भएसँगै नेपालमा कोरोनाबाट निको हुनेको संख्या ३७ पुगेको छ । जसमध्ये प्रदेश १ मा १८ जना कोरोना मुक्त भएका छन् । यसभन्दा अघि बाह्दशीका एक ब्याक्ति पनि कोरोना संक्रमण ठिक भएपछि घर फर्केका थिए ।
