हेलो सरकार ! दमक र आसपासमा टिपर तथा ट्याक्टरलाई कुनै नियम लाग्दैन ? कार्यन्वयन भएन समयसिमा
विष्णुप्रसाद पोखरेल
दमक/ दमक सहित झापामा रातको समयमा ट्याक्टर तथा टिपर क्द्न छाडेका छैनन् । मध्यरातसम्म टिपर र ट्याक्टरहरुले खोलाजन्य सामाग्रि ओसारपसार गरिरहेकाछन् । साँझको समयमा दमकको गणतन्त्र चोक तथा पाडाजुंगीमा गएर टिपरको लाम हेर्न सकिन्छ । निर्णय विहान ६ देखि साँझ ६ बजेसम्म हुँदा पनि २४ सै घण्टा किन ? र कसरी ? सञ्चालन भइरहेकाछन् भन्ने प्रश्न उठाउने अवस्था सिर्जना भएको छ ।
जिल्ला कोरोना संक्रमण रोकथाम उपचार समन्वय तथा अनुगमन समितिको पुर्ण बैठकले यो निर्णय गरेको समितिका संयोजक सोम पोर्तेलले बताए । लकडाउनलाई कार्यन्वयन गर्नका लागि र सक्रमण नियण्त्रणका लागि यो निर्णय भएको बताईन्छ । रड तथा सिमेन्ट बिहान ८ बजेदेखि १२ बजेसम्म र खोलाजन्य सामाग्रि बोक्ने सवारी साधन विहान ६ बजेदेखि बेलुका ६ बजेसम्म सञ्चालन गर्न पाउने निर्णय छ, पोर्तेलले भने ।
दमक र आसपासमा भने यसको कार्यन्वयन फिट्टो पनि भएको छैन । घुलो तथा गिटी र बालुवा उडाउदै जुनसुकै समयमा पनि सडमा टिपर तथा ट्याक्टर कुद्ने गरेकाछन् । अहिले त कोरानाभन्दा सडकमा निस्क्दा टिपरले मार्ला भन्ने डर छ न विहान न राती जतिसुकै खेर हुइकेको हुइकै हुन्छन्, दमक चोकका एक बासिन्दा भन्छन् ।
नियम विपरीत र समय सिमा बाहिर सञ्चालन भएका सिटीसफारी तथा ट्याम्पोहरुले कार्वाही भोगेकाछन् । तर समयसिमा बाहिर कुदाएका टिपर तथा ट्याक्टरहरुलाई कार्वाही नहुने गरेको आरोप लाग्दै आएको छ । यसमा सरोरकारवालाहरुको मिलेमतो रहेको भन्दै टिप्पणी पनि हुने गरेको छ ।
