२०८३ कार्तिक १०, मङ्लबार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

राम पौडेल

“युवाको सहभागिता, आधुनिक कृषि क्रान्तिमा स्थानिय सरकारको एक्यबद्धता घर–घरमा सरकारको विश्वासनियता” भन्ने मूल नाराका साथ अब स्थानीय सरकार अघि बढ्नुपर्छ । किनभने हिजोको अवस्थामा र आजको अवस्थामा फरक छ । भनिरहनु पर्दैन, गाउँमा खेतबारी जोत्ने राँगा र गोरु छैनन् । कसैको जग्गा १० धुर छ उसले खेती खनेर लगाउन सक्छ तर त्यो भन्दा माथि खनेर खेती लगाउन गाह्रो हुन्छ । आफ्नो जग्गा छैन राँगा गोरु पनि छैन त्यहि माथि अर्काको खेती गर्नु छ । गाउँमा २÷४ वटा ट्रयाक्टर छन् तर त्यो गरिब किसानको खेत जोत्ने पालो आउँदैन किनकी तुरुन्तै पैसा तिर्न सक्ने उ सँग क्षमता छैन ।

मल, बिउ किन्न सक्दैन लाग्छ सबैको सरल समाधान गाउँपालिका÷नगरपालिका वा वार्डले कृषि औजार किनेर न्यूनतम मूल्यमा सहज रुपमा किसानलाई उपलब्ध गराउनु पर्छ भन्ने मेरो बुझाई छ । युवा शक्ति खेती किसानबाट टाढा भागिरहेको अवस्थामा आकृषक तरिकाले योजना ल्याउनु पर्छ भन्ने स्थानीय सरकारलाई मेरो अनुरोध छ ।

जस्तो असारमा धान रोप्न प्रयोग गरेको कृषि औजारको मूल्य मंसिरमा धान उठाएर सरकारले किनेपछि चुक्ता गर्न पाउनु पर्छ । उत्पादित सबै बस्तु स्थानिय सरकारले अनिवार्य रुपमा किन्नै पर्ने छ । किसानलाई पैसा अनुदान हैन उत्पादित बस्तुको अनुदान दिने ब्यवस्था हुनुपर्छ । कृषकले लगाएको खेतीमा आउने समस्याको ढाल बनेर सरकारले जिम्मा लिनुपर्नेछ । बिजुली बत्ती कृषिमा निशुल्क गर्नु पर्छ । नगरपालिका, गाउँपालिकाले कृषि एम्बुलेन्स राखी कृषकको खेतबारीको गरा गरामा पुगेर प्रत्येक दिन एक किलो भए पनि सामान सरकारले लिनु पर्छ।

छिमेकी राष्ट्रबाट आयातित कृषि खाद्यान्न बस्तु नगरमा ल्याउनु बन्द गर्ने र आर्गानिक बस्तुको उत्पादनलाई प्राथमिकतामा राखेर जसले उत्पादन गर्छ उनिहरुलाई सामुहिक रुपमा प्रोत्साहन गर्नु पर्छ। पढे लेखेका युवाहरुलाई यी योजनाहरुले खेतीमा आकर्षित गर्नेछ । मेरो बुझाईमा साथै प्लटिङका सबै खाली जग्गामा खेती अनिवार्य गराउन नगरले कानुन बनाई कृषिको उत्पादन बढाउन सकिन्छ । नगरले प्लटिङका सबै जग्गा आफै जोेती खेती लगाउने र उत्पादित बस्तु नगरको सम्पतिको रुपमा विकास गर्न सकिन्छ ।
जग्गा धनिले आफै खेती गर्ने इच्छा राखेमा सो तह पाउने छ । युवा बेरोजगारलाई वा बेरोजगारलाई नगरले उक्त खेती प्रणालीमा काम दिएर रोजगारी उपलब्ध गराउन सक्नेछ । युवालाई कृषिमा नजोडी कृषि आन्दोलन पुरा हुन्न । जबसम्म सरकारले उत्पादित बस्तुको मूल्यमा अनुदान दिदैन युवा किसानहरुलाई यो देशको प्राण नमानेसम्म देशको मुहार फेरिदैन ।

हिजोका दिनसम्म अनुदानका नाममा ५०/५० गरेर देश लुटिराखेका थिए अब छातीमा हात राखेर यो देशको मुहार कृषिले नै फेर्छ भन्ने लाग्छ भने हाम्रो सरकारले चलिआएको कुराको क्रम भङ्ग गर्न अनुरोध गर्दछु । उत्पादित बस्तु उत्पादन गर्दा लागेको सबै खर्च हेरी सबै बस्तु सरकारले खरिद गरी त्यहि बस्तुमा मात्र अनुदान दिनु प¥यो । नगरले कृषि औजारको एकाधिकार तोड्नु प¥यो ।
धन्यवाद ।

(लेखक राष्ट्रिय युवा संघ, नेपाल  दमक नगर कमिटी अध्यक्ष हुन् )