२०८३ कार्तिक १०, मङ्लबार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

काठमाडौं, ६ जेठ । स्वास्थ्य सेवा विभागमा रहेका एक जना डाक्टरमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । नेपाल सरकारको तर्फबाट छात्रवृत्तिमा अध्ययनरत एक जना डाक्टरमा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य सेवा विभागका एक जना कर्मचारीले नाम नखुलाउने शर्तमा दिएको जानकारी अनुसार कपिलवस्तुमा स्वाब संकलनका लागि खटिएका डाक्टरमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

उनी स्वास्थ्य सेवा विभागको तर्फबाट स्वाब संकलनका लागि कपिलवस्तु पुगेका थिए । हालसम्म नेपालमा नर्समा मात्रै कोरोना संक्रमण पुष्टि भएकोमा पहिलोपटक डाक्टरमा पनि कोरोना संक्रमण पुष्टि भएको हो ।-हाम्रोडक्टरन्यूजबाट