लुकिछिपि भारतको पानीट्याकींबाट झापा प्रवेस गरिरहेका ६१ जना नियण्त्रणमा
भारतको पानीट्याकी नजिकैबाट नेपाल प्रवेस गर्न खोज्ने ६१ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार लुकीछिपी नेपाल प्रवेश गर्ने क्रममा उनिहरुलाई नियण्त्रणमा लिईएको जनाइएको छ ।
मेची खोला हुँदै नेपाल प्रवेश गर्न लाग्दा प्रहरीले देखेर नियण्त्रणमा लिएको हो । सरकारले औपचारिक रुपमा नै भित्र्याउने आशामा सिमामा रहेका नेपालीहरु आफै लुकिछिपि आउने क्रम बढ्दो अवस्थामा रहेको छ । यसले जोखिम सिर्जना गरेको छ ।
