झापामा थप ५ जनामा कोरोना पोजेटिभ, संक्रमितको सख्या १७ पुग्यो
दमक/ झापामा थप ५ जनामा कोरोना पोजेटिभ देखिएको छ । यो संगै झापामा कोरोना पोजेटिभ देखिनेको संख्या १७ पुगेको छ । कचनकवल गाँउपालिका यसभन्दा अघि १० जनामा कोरोना पोजेटिभ देखिएको थियो ।
बुधबार थप ५ जनामा कोरोना पोजेटिभ पुष्टि भएको बताईन्छ । यसभन्दा अघि दमक र बाह्दशीमा एकएक जनामा कोरोना पोजेटिभ भेटिएको थियो ।
उनिहरु निको भएर घर फर्किसकेकाछन् । पछिल्लो समयमा झापामा भारतबाट छिर्नेको सख्या अधिक रहेको र उनिहरुको पहिचानमा समस्या हुँदा संक्रमणदर बढ्ने त्रास पैदा भएको बताईन्छ ।
