झापाको बिर्तामोड पुरै सिल गर्ने तयारी, दमकमा भने लकडाउनको अवज्ञा गर्ने क्रम बढ्दो
दमक/ झापाको प्रमुख ब्यापारीक केन्द्र झापाको बिर्तामोड भोलीबाट सिल गर्ने तयारी भएको छ । झापा कोरानाको उच्च जोखिममा परेसंगै बिर्तामोड नगरपालिकाले सिल गर्ने तयारी गरेको बताईन्छ । कृषिजन्य, दुग्धजन्य र अतिआवश्यकीय औषधि पसल बाहेक अन्य पसलहरु बन्द हुने जनाईएको छ ।
सवारी साधनहरु पनि पुर्ण रुपमा सञ्चालनमा रोक लगाउने निर्णय भएको एक कार्यपालिका सदस्यले जानकारी दिएकाछन् । यसले अब दमक सहित अन्य नगरहरुलाई पनि दबाब पुगेको छ । अहिले दमक सहित कतिपय पालिकाहरुमा लकडाउनको अवज्ञा हुँदै आएको छ । दैनिक रुपमा भारतबाट नेपाल आउनेको सख्या बढेसंगै खतरा पनि बढेको छ ।
