ढुक्क हुनुहोस कोरोना परीक्षण, उपचार र सकुशल घर फर्कने काम प्रदेश सरकारले निशुल्क गर्छ-आङ्बो
विष्णुप्रसाद पोखरेल
दमक/ प्रदेश–१ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बो ‘मौसम’ ले प्रदेशभित्र कोरोना आंशका गरिएका तथा कोरोना संक्रमण भएकाहरुको परीक्षण उपचार र सकुशल घर फर्कने अवस्था सिर्जना गर्ने बताएकाछन् । उनले यसमा ढुक्क हुन पनि आग्रह गरेकाछन् । विहिवार विहान सामाजिक सञजाल फेसबुकमा आफ्नो भनाई राख्दै उनले यस्तो बताएकाहुन् । उनले प्रदेश सरकारले अहिलेसम्म गरेको परीक्षणको बिषयमा पनि जानकारी गराएकाछन् ।
कोरोना परीक्षणको पैसा लाग्ने भनेर भ्रम छरिएको भन्दै यस बिषयमा प्रदेश सरकारका मन्त्रिहरुले बोल्न थालेकाहुन् । यसभन्दा अघि आन्तरिक मामिला तथा कानून मन्त्रि हिक्मत कार्कीले कोरोना परीक्षणमा कसैले पनि रकम खर्च गर्नु नपर्ने र यसको जिम्मा प्रदेश सरकारले लिने बताएका थिए । बताएका थिए ।
प्रदेश १ मा कोरोना संक्रमितको संख्या दिनानुदिन रुपमा बढ्दो अवस्थामा रहेको छ । सिमामा रहेका नेपालीहरुलाई नेपालतर्फ ल्याएर परीक्षण गर्दा उनिहरुमा कोरोना पोजेटिभ देखिनथालेपछि कोरोना संक्रमितको सख्या बढेको हो । झापामा मात्र ३ दिनमा २५ जनामा कोराना संक्रमण देखिएको छ ।
मन्त्रि आङ्बोले सामाजिक सञ्जाल फेसबुकमा लेखेकाछन्- आज सम्म १ न प्रदेशमा कोरोनाको परिक्षण पीसीआर बिधिबाट ३०७७ जना,आरडिटी बिधिबाट ९८३७ जनाको टेस्ट गरि सकिएको छ।परिक्षण पछि संक्रमीत ७६ जनाको कोभिड अस्पताल बिराटनगरमा उपचार भैरहेको छ,२६ जनाको सफल उपचार पछि डिस्चार्ज भै घर फर्किसक्नु भएको छ।परिक्षणको दायरा फराकिलो बनाउने सरकारको निर्णय मुताबिक श्रोत साधनको उपलब्धताको आधारमा परिक्षणलाई तिब्रता दिइने छ।हजारौलाई क्वारेन्टाइन राखिएको छ। यहाँहरु ढुक्क हुनुस , क्वारेन्टाइन, परिक्षण, उपचार र सकुशल घर फर्कने सम्मको काम प्रदेश सरकारले निशुल्क गरेको छ र गर्नेछ।
