झापाको कन्काई नगरपालिकामा अत्यआवश्यक स्वास्थ्य सेवा बाहेक सबै बन्द
दमक/ कन्काई नगरपालिकामा पनि लकडाउन कडा बनाईने भएको छ । बुधबार भएको सर्वपक्षिय छलफलले स्वास्थ्य सेवा वाहेक बजार क्षेत्रका सबै पसलहरु बन्द गर्ने निर्णय गरेको बताईएको छ ।
कोरोना संक्रमण फैलन सक्ने जोखिमलाई मध्यनजर गर्दै जोर बिजोर प्रणालीबाट खोलिदै आएका पसलहरु बन्द गरिने जनाईएको छ ।
जेठ ८ गते विहीबारदेखि लागु हुने गरी जेठ २० सम्मका लागि कनकाई नगरपालिकाको कार्यालयबाट हुने कोभिड– १९ सँग सम्बन्धित बाहेकका सेवा बन्द हुने पनि बताईएको छ ।
२० गतेसम्म अत्यआवश्यक सेवा बाहेक सबै बन्द रहने सूचना नै नगरपालिकाले प्रकाशित गरेको छ । नगरपालिकाले निर्णय लिनु अघि सुझाव माग गरेको थियो ।
