२०८३ कार्तिक १०, मङ्लबार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

विष्णुप्रसाद पोखरेल

दमक/ झापामा एकैदिन २३ जनामा कोरोना संक्रमण भएको पुष्टि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको छ । सबै भारतबाट आएर क्वारेन्टाइनमा बसेका र एउटै गाँउपालिकाका रहेकाछन् । यसले भारतबाट लुकिछिपी आएकाहरुमा पनि कोरोना संक्रमण रहेको हुनसक्ने बलियो संकेत गरेको छ । यसले गर्दा झापामा कोरोना संक्रमणको उच्च जोखिमको संकेते देखिएको छ ।

लुकिछिपी थुप्रै मानिसहरु झापा छिरेको भन्दै नगरपालिका तथा गाँउपालिकाहरुले आफ्नो क्षेत्र सिल र कडाई पनि शुरु गरेकाछन् । कचनकवल गाउँपालिकामा आज एकैदिन २३ जना थपिएपछि यसले गाँउपालिकामा मात्र नभएर झापामा नै त्रास फैलिएको छ । झापामा कोरोना संक्रमतिको सङ्ख्या ३५ पुगेको छ ।

झापामा करिब ५ सयजना जिल्लाका बिभिन्न क्वारेन्टाइनमा रहेकाछन् । उनिहरुलाई भारतीय सिमाबाट उद्धार गरिएर ल्याएर क्वारेन्टाइनमा राखिएको हो । उनिहरुको परीक्षण हुन सकेको छैन । नगरपालिका र गाँउपालिकाले क्वारेन्टाइनको बन्दोबस्ति गरेकाछन् । दमकमा एकसयभन्दा बढि रहेकोमा उनिहरुपनि आज जाँच भएन ।

भद्रपुर नगरपालिकाको क्वारेन्टाइनमा रहेकाहरुको आरडिटी परीक्षणमा ७ जनाको आरडिटी पोजेटिभ आएको थियो । उनिहरुको स्वाब परीक्षणको रिर्पोट भने आएको छैन । चाँडो क्वारेन्टाइनमा रहेकाहरुको परीक्षण गर्नु पर्ने औल्याउदै आईएको छ । क्वारेन्टाइनमा रहेकाहरुमा कोरोना संक्रमण देखिएको अवस्थामा कोभिड अस्पताल विराटनगर उपचारका लागि लगिदै आएको छ ।

यसभन्दा अघि उदयपुरको भुल्के कोरोनको इपिसेन्टर बनेको थियो । सबैको ध्यान यहाँ केन्द्रित रहेको थियो । अहिले झापामा सबैको ध्यान केन्द्रित भएको छ । झापामा नै कोभिड अस्पताल निर्माण र यहि स्वाब परीक्षणको बन्दोबस्ति मिलाउन पनि प्रयास शुरु भएको छ ।