हल्लाको पछि नकुदौ, दमकमा थप कसैमा कोरोना सक्रमण छैन
दमक/ झापाको दमकमा कोरोना संक्रमित भेटिएको भन्दै अनाआवश्यह हल्ला भिजाएको पाईएको छ । दमकमा पछिल्लो समयमा स्वाब परीक्षण नै भएको छैन । विहिवार र शुक्रबार यस किसिमको हल्ला फिजाईएको पाईएको हो ।
दमकमा एकसयभन्दा बढिलाई क्वारेन्टाइनमा ल्याएर राखिएको छ । उनिहरु अधिकाँश जिल्ला बाहिरका हुन् । भारतीय नाँकामा रहेका उनिहरुलाई दूइदिन अघि ल्याईएको हो ।
दमक नगरपालिकाका जनस्वास्थ्य निरिक्षक बद्रि बरालका अनुसार दमकमा अहिलेसम्मको परीक्षणमा कसैलाई पनि कोरोना पोजेटिभ छैन । तीनसाता अघि एकजनामा देखिएको र उनि निको भएर घर फर्किसकेकाछन् । आज ७ जनाको आरडिटी परीक्षण गरिएकोमा सबै रिर्पोट नेगेटिभ आएको छ ।
