नेपाली काँग्रेस दमक नगर समितिले तयार पारेको भित्तेपात्रो बिमोचन
दमक/ नेपाली कांग्रेस दमक नगर समितिले भित्तेपात्रो प्रकाशन गरेको छ । प्रत्येक बर्ष जनआन्दोलन दिवस अर्थात चैत्र २६ को दिन भित्तेपात्रो प्रकाशन गरी विमोचन गर्दै आएकोमा कोरोना भाइरसको संक्रमणका कारण ढिला भएको बताईन्छ ।
आज शनिवार एक कार्यक्रमबीच जिल्ला सभापति उद्धव थापाले पात्रोको बिमोचन गरेकाहुन् । कार्यक्रममा स्थानीय नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।
काँग्रेस दमकका युवा नेता दीपेश दाहालका अनुसार कार्यक्रम हल पस्नु अघि अनिवार्य रुपमा ह्याण्ड सेनिटाइजर प्रयोग र कार्यक्रममा सहभागिलाई माक्स अनिवार्य गरिएको थियो ।
