लायन्स क्लव अफ इन्टरनेशल ३२५ ए वानमा भिजेनरी नयाँ टिम निर्वाचित
विष्णुप्रसाद पोखरेल
दमक/लायन्स क्लव अफ इन्टरनेशनल ३२५ ए वानको नयाँ नेतृत्व चयन भएको छ । लायन्सका पुराना र स्थापित भिजनरी लायन्स लिडरहरु नयाँ नेतृत्वमा आएकाछन् । आज भएको अनलाईनमार्फत भोट भएको थियो । डिस्ट्रिक गर्वनरमा लायन टंकबहादुर श्रेष्ठ निर्वाचित भएकाछन् ।
यसैगरी अध्यक्षको लाइन अर्थात फस्ट भिडिजिमा लोकप्रीय लायन्स लिडर रेवतबहादुर कार्की र सेकेण्ड भिडिजिमा लायन कर्मा गुरुङ निर्वाचित भएकाछन् । यो नयाँ टिमलाई लायन्समा नयाँ भिजनको उदयको रुपमा पनि लिईएको कतिपय लायन्स लिडरहरुले बताएकाछन् ।
लायन्स क्लव अफ इन्टरनेशल ३२५ ए वान पुर्वी नेपाल सहित देशभर नै बिभिन्न सामाजिक गतिविधि तथा मानवीय सेवामा समर्पित रहदै आएको छ । गर्वनर भएपछि यस टिमले आफुहरुलाई विश्वास गरेर विजय गराउने सबै लायन्स क्लव तथा लायन्सकर्मीहरुप्रति आभार प्रकट गरेको छ ।
पछिल्लो समयमा लायन्सले फुड बैक स्थापना गरेर नै लकडाउनमा भोकै रहेकाहरुलाई खाद्यन्न वितरण गरेर मानविय सेवामा सक्रिय रहदै आएको छ । झापाको दमकमा पनि एकदर्जनभन्दा बढि लायन्स क्लवहरु रहेकाछन् । पछिल्लो समय लायन्सको गतिविधिहरु समेत बड्दो रहेको छ ।
