झापामा भारतको मुम्बइबाट आएकाहरुमा कोरोना पोजेटिभ
विष्णुप्रसाद पोखरेल
दमक/ झापामा पछिलल्लो एकसतामा ३४ जनामा कोरोना पोजेटिभ देखिएको छ । जसमा कोरोना पोजेटिभ देखिएको छ उनिहरु क्वारेन्टाइनमा रहेका कारण समुदायस्तरमा खास जोखिम नरहेको बताईन्छ । यद्यपी आम नागरिकमा कोरोना संक्रमण फैलिन्छको भन्ने डर र त्रास रहेको पाईन्छ ।
सिमामा रहेकाहरुलाई सुरक्षित तवरले क्वारेन्टाइनमा राखिएको र त्यहाँबाट सुरक्षित तवरले ल्याईएकाले संक्रमितको कन्ट्रयाक ट्रयासिङ गर्नु नपरेको र यसले समुदायमा हुने जोखिम रोक्न सहयोग पुगेको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख कृष्णप्रसाद कोइराला बताउछन् ।
क्वारेन्टाइनमा रहेका र कोरोना संक्रमण देखिएकाहरु अधिकाँश भारतको मुम्बइबाट आएकाहरुछन् । भारतको अन्य क्षेत्रबाट आएकाहरुभन्दा मुम्बइबाट आएकाहरुमा धेरै नै पोजेटिभ देखिएको छ । यसले समुदायमा मुम्बइबाट पछिल्लो दिनमा आएर लुकिछिपी गरेको कोहि भए यसबाट ठुलो खतरा निम्तन सक्छ ।
कोरोना पोजेटिभ देखिएका कचनकवलका ३३ र झापा गाँउपालिकाका १ जना मुम्बइबाट आएकाहुन् । हामीले स्वाब परीक्षण गर्दा अहिले मुम्बईबाट आएकाहरुलाई बढि प्राथमिकता दिएक छौ, क्वारेन्टाइनमा खटिएका स्वास्थ्यकर्मी तथा स्थानीय जनप्रतिनिधिहरुले भनेकाछन् ।
के कति पछिल्लो समयमा मुम्बइबाट आएकाहुन् भन्ने लगत लिन पनि शुरु भएको बताइन्छ ।जिल्ला कोरोना संक्रमण रोकथाम उपचार समन्वय तथा अनुगमन समितिका संयोजक एवं जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलका अनुसार सिमामा आउन भर्खेर बसेकाहरुबाट समुदायलाई सुरक्षित बनाईएको छ । लुकिछिपी आएकाहरु समुदायमा भएको भए स्थानीय जनप्रतिनिधि वा प्रहरीले खबर गरिदिए हुन्थ्यो, उनले भनेकाछन् ।
आफुहरु जिल्लामा कोरोना संक्रमण फैलन नदिनका लागि हरदम प्रयासरत रहेको बताएकाछन् । उनले स्थानीयस्तरबाट नै आरडिटी किट र भिटिएम किट किनेर भएपनि जाँचलाई तिब्रता दिने प्रयास भइरहेको छ । यसमा सामुहिक रुपमा सबैको सहयोग आवश्यक छ, उनले भने ।
