२०८३ कार्तिक ९, सोमवार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

विष्णुप्रसाद पोखरेल

दमक/  झापाको दमकमा कोरोना संक्रमणपछि लकडाउनका कारण एक्कासी दैनिक उपभोग्य सामाग्रिको भाँउ बढ्यो । पसल अनुसार मूल्य फरक रह्यो । बजार अनुगमन भयो र अनिवार्य मूल्य सूचि टाँस गर्न भनियो । मूल्य सूचि टाँस भयो र भाउ बढेको मूल्यलाई आधार बनाएर ब्यापारीले फाइदा लिए ।

पछिल्लो समयमा दाल, चिनी, मटर, तेल लगायत अधिकाँश अति आवश्यकीय दैनिक उपभोग्य सामाग्रिको भाँउ घट्यो तर ब्यापारीले उपभोक्ताका लागि घटाएनन्  । उतिखेर ब्यापारीहरुले मूल्य बढाउदा बढ्ने र घटदा घटाउने बताएका थिए । तर अहिले उपभोक्ताले मूल्य घटदा पनि उहि दाममा किन्नु परेको छ । दमकमा कतिपय किराना ब्यवसायीहरु यस्तो बिषय परिस्थितिमा पनि ठग्न कमाउधन्दामा लागेको पाईएको छ ।

सामाजिक सञ्जाल फेसबुकमा नेत्र चम्लागाईले यस बिषयमा असन्तुष्ति पोखेकाछन् । लकडाउन अघि चनाको दाल प्रतिकेजी १०५ रुपिया परेको र उनले हिजोमात्र बजारमा सोध्दा १३० देखि १४० रुपिया रहेको बताएकाछन् । दमकमा चना दाल रू १३०-१४० प्रति केजी । लकडाउन शुरूको हप्तामा रू १०५.०० थियो । अनुगमन सरकार ?, उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकाछन् ।

बजारमा सामान्यतया अहिले यो दालको खुद्रा मूल्य १ सय २० रुपियाभन्दा तल रहेको छ । चम्लागाईको स्टाटसमा कमेन्ट गर्दै खुद्रा तथा किराना ब्यवसायी संघ दमकका अध्यक्ष कृष्णराज अधिकारीले आफुले १२० रुपियामा बेच्दै आएको जनाएकाछन् । यसले पनि पुष्टि हुन्छ की बजारमा लुट धन्दा चलेको छ ।

एक होलसेल ब्यवसायीका अनुसार एक महिनायता लकडाउन खुकुलो भएसंगै लकडाउन अघिकै अवस्थामा दैनिक उपभोग्य सामाग्रिको मूल्य घटेको छ । बजारमा कसरी बेच्छन् भन्ने हामीलाई थाहा छैन तर हामीले घटेर आएको मूल्यमा नै खुद्रा ब्यवसायीहरुलाई बेचेका छौ, उनले भने ।