२०८३ कार्तिक ९, सोमवार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

दमक/ झापाको गौरीगन्जमा हात्तीको आक्रमणमा परेर एकजनाको ज्यान गएको छ । भारत घर भइ झापा ससुराली आएका ब्याक्तिको हात्तीले कुल्चेर मृत्यु भएको बताईएको छ ।

दूइदिन अघिदेखि झापाको गौरीगन्जमा हात्ती आंतक रहेको थियो । गौरीगञ्ज २ डाकुपाडामा भारतको चुनिमारी ग्राम पँचायत ६ का अन्दाजी ३० वर्षिय साइलो मुर्मुको मृत्यु भउको प्रहरीले जनाएको छ ।

उनि डाकुपाडास्थित ससुराली पाहुना आएका थिए । उनले टुनामुना गरेर हातीलाइ बसमा पार्छु भनेर नजिक गएको र हात्तीले आक्रमण गरेको बताईन्छ ।