२०८३ कार्तिक ९, सोमवार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

दमक । आज एकैदिन १ सय १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यसमध्ये झापाका १७ जना रहेकाछन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा गरि १ सय १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।  झापा सहित नेपालमा कोरोना संक्रमितको संख्या ८ सय ८६ पुगेको छ । संक्रमितमध्ये एक सय ८३ जना निको भएका छन् ।