दमकको नयाँ बाटो सहकारीको छैठौ बार्षिकोत्सव, रक्तदान र स्वास्थ्य सामाग्रि वितरण
दमक/ झापा दमकमा युवाहरु उद्यमीहरुले नेतृत्व गरेको नयाँ बाटो बहुद्धेशीय सहकारी संस्था छैठौ बर्षमा प्रवेस गरेको छ । आफ्नो छैठौ बार्षिकोत्सव दमक रेडक्रसमा रक्तादान तथा आवश्यक स्वास्थ्य सामाग्रि प्रदान गरेर मनाएको छ ।
सहकारीका अध्यक्ष टीका खतिवडा, पदाधिकारी लोकश सापकोटा लगायतले रक्तदान गरेका थिए । लकडाउनका कारण मूलकभर रगत अभाव हुनसक्ने भएकाले रक्तदान गरिएको पनि सहकारीले जनाएको छ ।
दमकको नया बाटो सहकारी छैठो बर्षमा प्रवेस। रक्तदान गरेर बार्शिकोत्सब मनायो
Posted by प्रभावकारी न्यूज डिजिटल पत्रिका on Tuesday, 26 May 2020
सो अवसरमा कोरोना संक्रमणको जोखिमबाट बच्न सहयोग पुगोस भनेर त्यसंग सम्बन्धित स्वास्थ्य सामाग्रि पनि रेडक्रसको रक्तसञ्चार शाखालाई सहकारीले प्रदान गरेको अध्यक्ष खतिवडाले बताए ।
५ बर्ष पुरा गरेर ६ बर्ष लागिरहदा लकडाउनका कारण आफ्नो बार्षिकोत्सव सामाजिक दुरी कायम गरेर रक्तदान मार्फत मनाईएको सो अवसरमा बताईएको थियो ।

