२०८३ कार्तिक ९, सोमवार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

दमक/ कोरोना संक्रमणका कारण पुन एकजनाको मृत्यु भएको छ । नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ५ पुगेको छ । ललितपुरको किस्ट हस्पिटलमा ३ दिनअघि बिरामी भएर भर्ना भएका विरामीको बुधवार दिउँसो उपचारको क्रममा मृत्यु भएको अस्पतालका निर्देशक डा सुरज बज्राचार्यले जनाकाछन् ।

तीन दिन अघि ललितपुरका ५७ वर्षीय पुरुषको लिभरमा समस्या भएपछि अस्पताल भर्ना भएका थिए । दुई दिनअघि स्वाब संकलन गरेर पठाइएकोमा कोरोना पुष्टि भएको बताईएको छ ।