जनतालाई सहज रुपमा सेवा प्रदान गर्न सधै लागि परेका छौ-मेयर ओली
दमक/ दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले दमकबासीलाई सहज र सरल रुपमा सेवा प्रदान गर्नका लागि आफुहरु सधै लागि परेको बताएकाछन् ।
उनले कोराना भाइरसको संक्रमणबाट बच्न र बचाउनका लागि अहिले सबैको ध्यान केन्द्रित भएको जनाउदै नगर भित्रका विकास निर्माणहरुलाई पनि निरन्तरता दिन आवश्यक रहेको पनि औल्याएकाछन् ।
दमक वडा नं. ७ को आधारभूत स्वास्थ्य केन्द्र भवनको शिलन्यास गर्दै ओलीले नगरवासीले आफ्नै घर आँगनमा सहज रुपमा स्वास्थ्य सेवा पाउनका लागि सुविधा सम्पन्न भवन बन्ने बताए ।
उनले निर्धारीत समयमा नै भवन बनाईसक्न पनि निर्माण ब्यवसायीलाई निर्देशन दिए । निर्माणको जिम्मा निर्माण ब्यवसायी प्रकाश केसिले पाएकाछन् ।
वडा नं. ७ का वडाध्यक्ष भीम पौड्यालका अनुसा पछाडि परेको सयपत्री टोलमा स्वास्थ्य भवन निर्माणको लागि ठाँउ छनौट गरिएको सो अवसरमा जानकारी गराएका थिए ।
