कोरोना माहामारी र नेपाली अर्थतन्त्र-सुजन आचार्य
सुजन आचार्य
अहिलेको बिश्व कोरोना भाइरसको महामारीसंग जुधिरहेको छ भने सम्पूर्ण मानबजगत त्रासपूर्ण जिवन बिताइरहेको छ। एकातिर कोरोनाको संक्रमणबाट जोगिन मानब विश्व स्वबन्दीको अवस्थामा छ जसले सम्पूर्ण व्यक्तिगत तथा ब्यवसायिक कार्यहरु आफ्नै घरभित्र सिमित भएका छन्। अर्कातिर वर्तमान महामारीसंग हरप्रकारले जुधिरहेको विश्व अर्थतन्त्र जटिल र धारासायी बन्दै गइरहेको छ।
सम्पूर्ण मानव विश्व यो माहामारी र अबको अर्थतन्त्र कसरी व्यवस्थापन गर्ने भनेर चिन्तित यस घडीमा नेपाल जस्तो बिकासोन्मुख मुलुकको अर्थब्यवस्था अछुतो रहने कुरै भएन। २०१५ को बिनासकारी भुकम्पले थिलथिलो बनाएर भर्खर तङ्घरिदै गरेको अर्थतन्त्र कोरोनाको प्रकोपले पुनः थलाउने देखिएको छ। स्वास्थ्य सामाग्रीहरुको लगायत अन्य समानहरुको उच्च आयातले ब्यापार घाटा बढ्दै गएको छ भने निम्नवर्गिय जनताको आधारभुत आवश्यकताहरुको जिम्मा पनि राष्ट्रिय रुपमा नै संबोधन गर्नुपर्ने भएपछि थप आर्थिक चपेटामा देश परेको छ। विश्वका शक्ति राष्ट्रहरुनै महामारीले आक्रान्त भएपछि बैदेशिक सहयोगको संभावना पनि तत्काल देखिदैन। यसकारण अब सरकारले गम्भिर आर्थिक चुनैती सामना गर्नुपर्ने देखिन्छ। यस्तोबेला सरकारले कस्तो अर्थनिति अवलम्बन गर्छ भन्ने कुराले अबको अर्थब्यवस्थाले कस्तो गति लिन्छ भन्ने निक्र्याेल हुनेछ।
बिश्वमा फ्mैलिएका बिभिन्न महामारी पश्चातको अर्थतन्त्र बिश्लेषण गर्दा मुख्यतया तीन प्रकारको अर्थतन्त्रको स्वरुप देख्न सकिन्छः जुन पहिलो स्वरुप ‘V’ shape को हुन्छ, जसमा अर्थतन्त्र ओरालो त लाग्छ तर एउटा बिन्दुमा पुगेपछि झट्ट उकालो लागेर संतुलनमा आइहाल्छ। दोस्रो स्वरुप ‘U” shape को हुन्छ जसमा अर्थतन्त्रमा गिरावट आएर एउटा बिन्दुमा पुगेपछि केही समय त्यही अनुपातमा अगाडी बढ्छ र बिस्तारै उकालो लागी संतुलनको बिन्दुमा आउँछ। तेस्रो स्वरुप ‘L” shape को हुन्छ जसमा अर्थतन्त्रमा डाउनफल आएर एउटा बिन्दुमा पुगेपछि लामो समयसम्म उकालो चढ्न नसकी संतुलनको बिन्दुमा आउनै सक्दैन। आर्थिक नितिनिर्माणमा दुरदर्शिताको आधारमा अबको नेपाली अर्थतन्त्र निर्भर गर्दछ।
नेपालको अर्थतन्त्रको महत्वपूर्ण हिस्सा पर्यटन ब्यवसायले लिएको छ, जुन अहिले पूर्ण रुपमा बन्द छ। यस बर्ष सरकारले ‘Visit Nepal 2020’ ’ घोषणा गरेर ८.५% ले पर्यटकहरुको बृद्घि गर्ने लक्ष्य लिएको थियो जसलाइ सरकारले स्थगित गर्नुपरेको छ। कोरोना महामारी नियन्त्रणपछिको धेरै समय पर्यटकहरु त्रासका कारण बिदेश भ्रमण नगर्ने निश्चित छ जसबाट पर्यटन ब्यवसाय संतुलनमा आउन लामो समय लाग्ने निश्चित छ। राष्ट्रिय अर्थतन्त्रमा लगभग ८% देन रहेको पर्यटन ब्यवसाय नै धरापमा परेको यो अवस्थामा सरकारी आम्दानीमा ठूलो गिरावट आउने कुरा स्वभाबिक रुपमा अनुमान गर्न सकिन्छ। रेमिट्यान्स सरकारको अर्को प्रमुख आयस्रोत हो, जुन अहिले बिश्वब्यापी महामारीका कारण नगन्य छ। बैदेशिक रोजगारीमा गएका धेरै घर नै फर्किएका छन् भने फर्कन नपाएकाहरुको पनि रोजगारी सम्झौता, पारिश्रमिक आदि कुराहरु के हुने भन्ने अन्योल नै छ।
गत बर्ष राष्ट्र«को कुल ग्राहस्थ उत्पादनमा २६% योगदान गरेको रेमिट्यान्सबाट पनि खासै ठूलो आसा राख्ने अवस्था देखिदैन। ¬देशभित्रका साना, मझौला तथा ठूला उद्योगहरु सबै बन्दको अवस्थामा छन् जसबाट राजस्व संकलनमा ठूलो गिरावट आएको छ भने उद्योगी ब्यवसायीहरुलाई ठूलो प्रभाब परेकको छ। यो अवस्था कहिलेसम्म रहला भन्न सकिने अवस्था नरहेकाले पनि राजस्व संकलन चुश्त भइहाल्ने स्थिति छैन। स्थिति सामान्य भइसकेपछिपनि उपभोक्ताहरुको खरिद अनुपात र छनोट प्राथमितामा आएको परिवर्तनले अधिकांश उत्पादनक्षेत्रहरु संतुलित हुन समय लाग्नेनै छ। पmलस्वरुप बित्तिय क्षेत्रको निक्षेप, कर्जा प्रबाह र संकलनमा गम्भिर असर पर्न गइ समग्र बाणिज्य क्षेत्रनै तहसनहस हुने देखिन्छ। यी तमाम समस्याहरुको प्रत्यक्ष असर कर्माचारी ब्यवस्थापनमा देखिनेछ। निजी क्षेत्र साथै बित्तिय क्षेत्र समेतले कर्मचारी, कामदारहरुको पारिश्रमिक दिन नसक्ने परिबेशले गर्दा कर्मचारी घटाउनुको बिकल्प रहदैन जसले धेरै रोजगार बिहिन हुन सक्ने अवस्था आउन सक्छ। ADB को प्ररम्भिक आंकलन अनुसार कोरोनाको महामारीको नियन्त्रण संगसंगै नेपालभित्रमात्र करिब १५८८० जनाले रोजगारी गुमाउनेछन् भने बैदेशिक रोजगारीमा गएका धेरै बेरोजगार हुनेछन्।
दैनिक ज्यालामजदुरीबाट जिविकोपार्जन गर्ने श्रमिकहरुको अवस्था अझ नाजुक बन्नेछ। कयौ परिवारहरुको आधारभुत आवश्यकतापूर्तिको जिम्मा सरकारकै थाप्लोमा पर्नेछ। अहिलेको अवस्थामा नै सरकारले गरेका राहत प्रयास अपर्याप्त भइसकेको छ, जहाँ अवस्था सामान्य भइसकेको केही समयसम्म ठूलो धनरासी खर्च गर्नुपर्ने हुन्छ। ब्यवसायिक सवारी तथा वायुसेवामा पुगेको प्रभाबको कारणले पनि सरकारी आयमा गम्भिर असर पर्नेछ। अटोमोबाइल तथा बिलासिताका बस्तुहरुको आयातमा आउने कमीले पनि सरकारी आयमा नकारात्मक प्रभाब पार्नेछ। आम मानिसहरुले थप बिपतको आंकलनले आर्थिक संचित गरी आफैसंग राख्नाले बजारमा आर्थिक तरलतामा कमी आउन सक्नेछ। घरायसी इन्धन तथा खाद्यान्नको अधिक संचयले बजारमा अभाब सिर्जना भई आयात बढाउनुपर्ने हुन्छ, जसबाट आयात संतुलन बिग्रन जान्छ। महामारीको आशङ्काले नयाँ लगानी बन्द भइ आर्थिक बृिद्घमा ह्रास आउनेछ। ऋर्थतन्त्रको मृरुदण्ड मानिने पूर्बाधार बिकास अलपत्र पर्ने देखिन्छ। मेलम्ची खानेपानी आयोजना, पोखरा अन्तराष्ट्रिय विमानस्थल, गौतमबुद्ध अन्तराष्ट्रिय बिमानस्थल, काठमाण्डौं चक्रपथ आदि दक्ष कामदारको अभाबमा अलपत्र हुनसक्ने देखिन्छ। बित्तिय क्षेत्रबाट ठूलो मात्रामा कर्जा लिई संचालित Real Estate Business हरु खरिदकर्ताको अभाबमा कमजोर बन्नेछन्। यो संकटको प्रत्यक्ष प्रभाब राजनितिमा पनि पर्ने हुन सक्छ। अर्थब्यवस्थाका कमिकमजोरीहरु राजनितिक प्रोपगान्डा बन्नेछन् र सरकारलाई असफल साबित गरिनेछ। सरकार परिवर्र्तनका कुराहरु उठ्न थाल्नेछन् जसले राजनैतिक उथलपुथल आउन सक्नेछ।
हाम्रोजस्तो कृषिप्रधान देशमा अवको अर्थतन्त्रको भार कृषि क्षेत्रको बिकासले नै थेग्न सक्नेछ। कृषि क्षेत्रमा गरिदै आएको लगानीको दायरा बढाई लक्षित बर्गमा नै पुर्याउन सम्पूर्ण पक्षबाट पहल गरिनु अहिलेको नितान्त आवश्यकता हो। कृषिजन्य सम्पूर्ण उत्पादनहरुको बिक्री सुनिश्चितता र न्यूनतम मुल्यनिर्धारण गरी कृषि पेशाप्रति सम्पूर्णलाई उत्प्रेरित गरिनुका साथै प्रकोप जोखिमको बहन गर्न सरकार तयार भएमा कृषकहरुको मनोबल उच्च भइ उत्पादनमा अपेक्षाकृत बृद्घि आउनेछ। अर्थतन्त्रलाइ जर्जर बनाउँदै लगेको भ्रष्टाचारमा शुन्य सहनशिलता अपनाउँदै अख्तियार जस्ता निकायहरुलाइ स्वतन्त्र र शक्तिशाली बनाइ यिनीहरु निश्पक्षिता अनुगमन गर्ने अर्को स्वतन्त्र निकाय स्थापना गरिनुपर्दछ। बजारमा कृतिम अभाब सिर्जना गरी कालाबजारी गर्नेलाइ हदैसम्मको कार्बाही गर्दै अनुगमनलाई चुस्त बनाइनुपर्छ। बजारमा कुनै प्रकारको अभाब हुन नदिने शुनिश्चितता गरी अधिक संचितिको प्रबृति निरुत्साहित गरिनुपर्छ भने आर्थिक तरलताको निम्ति सम्पूर्ण जनतालाइ बित्तिय कारोबारमा प्रोत्साहित गरिनुपर्छ।
कोरोना महामारी बिरुद्घको लडाइमा हामी सबैको सामुहिक प्रयासबाट विजय प्राप्त गरौँ साथै ठूलो चुनौतीको रुपमा रहेको अको अर्थतन्त्र चाँडै संतुलन गर्न हामी सबै आःआफ्नो ठाउँबाट जिम्मेवारी बहन गरौँ।
(लेखक सामा प्याकेजिङ इन्डष्ट्री प्रा.लि. दमक, झापाका प्रोपाइटरहुन् )
