२०८३ कार्तिक ९, सोमवार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

दमक/ दमक ९ इट्टाभट्टामा अवस्थित सरस्वती माध्यमिक विद्यालयका प्रधान अध्यापकले नर बहादुर थापाले केहि दिन अघि हस्ताक्षर गरिएको एक प्रेस विज्ञप्तीमा प्रकाश बुक्स एण्ड स्टेशनरीको नाम उल्लेख गरेको भन्दै क्त बुक एण्ड स्टेशनरीले आपत्ती जनाएको छ ।

“वास्तवमा विगतदेखि दमकचोकमा रहेको प्रकाश बुक्स एण्ड स्टेशनरी पुस्तक पसरलले आपूर्ति गर्दै आएको तर विद्यार्थीहरुले शैक्षिक वर्षको अन्त्यसम्म पनि सबै पुस्तक प्राप्त गर्न नसकी वार्षिक परीक्षाको सामना गर्नुपरेको यथार्थलाई बुझेर” भन्ने वाक्यांश प्रयोग गरेर उपभोक्ता तथा अभिभावकलाइए भ्रम छर्ने काम भएको यसका प्रवन्धक तिर्थ नेपालले बताएकाछन् ।

एक विज्ञप्ति जारी गर्दै नेपालले आफ्नो ब्यवसायमा आँच आएको र यसले घाटा पुग्न सक्ने भन्दै क्षतिपुर्ति समेत माग गरेकाछन् । विना कारण दोष लगाईएकाले क्षतिपुर्ति माग गरिएको नेपालले जनाए । विद्यालयका प्रधानाध्यापकले प्रेस विज्ञप्ती निकाली सामाजिक सञ्चालमा अपलोड गरेको हुनाले देश तथा विदेशमा रहेको साखप्रति अविश्वास सिर्जना भएको र संस्थालाई अब गम्भिर व्यवसायिक नोक्सान हुनसक्छ, नेपालद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।