लायन्स क्लव अफ दमक गोल्डको नेतृत्वमा रिङकुमार
दमक/ दमकमा छोटो समयमा नै सामािजक कार्यमा आफुलाई अग्रभागमा राख्न सफल भएको लायन्स क्लव अफ दमक गोल्डको नयाँ नेतृत्व रिङकुमार आचार्यको काँधमा आएको छ । उनका सहयात्रीहरु पनि चुनिएकाछन् ।
दमकका सामाजिक तथा युवा ब्यवसायी श्याम तिम्सिना प्रथम उपाध्यक्ष, रामचन्दू कार्की द्वितिय उपाध्यक्ष र नविन ताम्राकार तृतीय उपाध्यक्षमा चुनिएकाछन् ।
क्लवका संस्थापक अध्यक्ष काशि खातीका अनुसार सचिबमा नन्दकुमार राई र कोशाध्यक्ष मिथेलेस शाह रहेकाछन् । लायन्स क्लवमा प्रत्येक बर्ष नेतृत्व चयन हुने गर्छ ।
एक ब्याक्तिले एक कार्यकाल एकबर्षमात्र अध्यक्ष बन्न पाउछ । अध्यक्ष रिङकुमार आचार्यले स्थानीय सरकारसग समन्वय गर्दै सामाजिक क्षेत्रमा उत्कृष्ठ काम गर्ने जनाए ।

