२०८३ कार्तिक ९, सोमवार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

दमक/ सरकारले लक डाउनका बेला स्थलमार्ग हुँदै भारतबाट नेपाल प्रवेश गर्न कडाई गर्ने भएको छ । अहिले पायक पर्ने स्थानबाट प्रवेस गर्दै आएका गरिकले अब झापामा काँकरभिट्टा नाका मात्र प्रयोग गर्न पाउनेछन् ।

कोभिड–१९ रोकथाम, नियन्त्रण र उपचार उच्चस्तरीय समन्वय समितिको बैठकले भारतबाट नेपालीलाई नेपाल प्रवेश गर्न २० वटा नाका तोक्ने क्रममा काकडभिट्टा नाँका उल्लेख भएको छ ।

समितिले तोकेको झापाको काँकरभिट्टासहित इलामको पशुपतिनगर, मोरङको रानी पनि रहेको छ । भारतबाट आएका नागरिकहरुको अनुगमन गर्न र क्वारेनटाइनमा राख्न सहजताका लागि यो निर्णय भएको बताईन्छ ।

तोकिएको बाहेक स्थानबाट लुकिछिपी छिर्नेहरुको हकमा स्थानीय प्रशासन अनुसार कानुनी कारबाही हुने बताईएको छ ।