२०८३ कार्तिक ९, सोमवार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

दमक/ झापाको दमकमा जोखिममा रहने स्वास्थ्यकर्मी र भारतबाट आएर क्वारेन्टाइनमा रहेकाहरुको आज स्वाब संकलन गरिदैछ । क्वारेन्टाइनमा रहेका १५ जना दमकबासी र दमक अस्पताल तथा क्वारेन्टाइनमा खटिएका स्वास्थ्यकर्मीहरुको आज स्वाब संकलन गरेर जाँचका लागि धरान पठार्ईने दमक नगरपालिकाका जन स्वास्थ्य निरीक्षक बद्रि बराले बताएकाछन् ।

भारतबाट आएका बिभिन्न जिल्लाका नागरिकहरु भने यहाँको क्वारेन्टाइन तथा होल्ड एरियाबाट सम्बन्धित ठाँउमा पठाईएको पनि बताईन्छ । आरडीटी परीक्षणमा कसैमा पनि कोरोना पोजेटिभ नदेखिएपछि उनिहरुलाई सम्बन्धित जिल्ला पठाईएको जनाईएको छ ।