झापाको गौरीगन्जमा पनि देखियो ४ जनामा कोरोना संक्रमण, उपचारमा कहाँ लैजाने लागेन टुंगो
गाैरीगंज १८, जेठ / झापाकाे गारीगंज गाउँपालिकामा ४ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । कोशी अस्पताल विराटनगरको प्रयोगशालामा थ्राेट स्वावकाे परीक्षण गर्दा आईतबार ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
गाैरीगंज गाउँपालिका वार्ड नं. ६ घर भएका २३, ३७र ३९ बर्षिय ३ जना पुरूष र वार्ड नं. ५ घर भएका १८ बर्षिय १ जना पुरूषमा काराेना पुष्टि भएकाे प्रदेश १ सामाजिक विकास मन्त्रालयले जनाएकाे छ ।
भारतकाे गुजरात र मुम्बईबाट गाैरीगंज आईपुगेका उनीहरूकाे जेठ १५ गते पिसीअार टेष्ट लिई परिक्षणका लागि विराटनगर पठाईएकाे थियाे ।
संक्रमित ४ जनालाई गाैरीगंज गाउँपालिकाले स्थापना गरेकाे वार्ड नं. ६ स्थित प्राथमिक स्वास्थ्य केन्द्रकाे क्वारेन्टाइनमा राखिएको छ । उनीहरूलाई थप उपचारका लागि काेराेना अस्पताल पठाउन कुरा भईरहे पनि टुङ्गाे नलागिसकिएकाे जनाईएकाे छ ।
विराटनगर र धरानमा स्थापना भएकाे काेराेना अस्पतालमा संक्रमितहरूलाई उपचार गर्ने स्थानकाे अभावले त्यहाँकाे अस्पतालले उनीहरूलाई लिन नमानेकाे बुझिएकाे छ ।-कोचिलान्यूज
