२०८३ कार्तिक ९, सोमवार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

बद्रि बराल

लक्षण चिन्ह विहीन PCR positive आउदैमा अस्पतालमा राखेर bed occupancy वढाउनु भन्दा धरमै isolation राख्ने र समस्या परे तुरुन्त medical help पुर्याउने व्यवस्था गर्नु अबको विकल्प र समयानुकूलको आवश्यकता पनि हो।
त्यसो भए के गर्ने ? सम्भव छ…, कसरी ?

१) यदि कसैलाई PCR Positive देखियो तर लक्षण र चिन्ह देखिएको छैन भने संक्रमितको प्रारम्भिक स्वास्थ्य परीक्षण स्वास्थ्यकर्मीबाट गरेर होम आईसोलेसनका लागि तयारी गर्नु पर्छ।

२) जन प्रतिनिधि, टोल विकासका प्रतिनिधि, घरका अन्य सदस्यहरूलाई होम क्वारेन्टाइन/ आईसोलेसनका बारेमा पूर्णरूपमा जानकारी गराउनु पर्छ।

३) यसो गर्दा एउटै परिवारका अन्य सदस्यमा संक्रमणको खतरा हुन सक्छ, त्यसैले उनीहरूलाई ब्यक्तिगत दुरी कायम गर्ने बारे सिकाउनु पर्छ । बिरामीसँग सम्पर्कमा आएका परिवारका अन्य सदस्यहरू पनि दुई हप्तासम्म स्वतः quarantineमा हुने हुनाले त्यसपछि परिवारका सदस्यहरूको परिक्षण गर्नुपर्नेछ ।

४) विशेष सुरक्षात्मक नियमहरूको पालना गरेर घरैमा बस्दा यसको लागि डब्लुएचओले बिरामी र बिरामीको हेरचार गर्ने परिवारका सदस्यका लागि विभिन्न सुझावहरु तयार गरेको छ। त्यसको पालना गर्न सवैले प्रेरित गर्नु पर्छ।

५) यसबाहेक बिरामी अथवा संक्रमित व्यक्ति रहेको ठाउँमा विशेष किसिमको स्थानीय नियम वा कार्यविधि छ भने, त्यसको पालना नै उच्च स्थानमा हुनुपर्छ।

६) परिवारका सबै सदस्यहरूको तोकिएको समयमा pcr test गर्नुपर्ने हुन्छ।

७) यी माथिको कुरा पूरा गर्न अगावै स्थानीय निकाय तथा सरोकारवाला सबैले नियमानुसारको स्वास्थ्य सेवा तथा सुरक्षा ब्यवस्थापनको सुनिश्चितता गर्नुपर्छ।

अन्तमा मेरो विचारमा यो मोडेलको शुरूवात गरियो भने सामाजिक दुरी कायम गर्दै लकडाउनलाई खुकुलो गर्दै सहजरूपमा जनजिबनलाई अगाडि लैजान सकिन्छ ।

(बराल दमक नगरपालिकाका जन स्वास्थ्य निरीक्षक हुन्)