दमकका ब्यवसायीहरुको सुझाव, लकडाउनको मोडालिटी तत्काल परिवर्तन नगरे अवज्ञा
विष्णुप्रसाद पोखरेल
दमक/ झापाका दमकमा लकडाउनको खासै पालना भएको छैन । अवज्ञा गरेर पसल खोल्नेहरु खोलिरहेकाछन् तर नगरपालिका तथा सरकारको निर्णय मान्नेहरु मानि नै रहेकाछन् । लामो समयदेखि लकडाउनलाई पुर्ण पालना गर्ने ब्यवसायीहरु पनि आक्रोशित बन्न थालेकाछन् । बैकको ब्याज तिर्न नसक्ने अवस्था आएको भन्दै उनिहरु चिन्तितछन् ।
यहाँ त लकडाउनको पालना नगरी खुरुखुरु मूल्य बढेको छ भन्दै सामान बेच्नेहरुलाई केहि नहुदो रहेछ, हामीलाई पो डर र त्रास रहेछ, एक ब्यवसायीले भने । नगरपालिकाले पनि लकडाउन पालना गर भन्दा भईहाल्ने रहेछ पालना नगर्नेलाई त आखिर कार्वाही केहि नगर्ने रहेछ, उनले थपे ।
अब त लकडाउन यस्तै गरिरहे अवज्ञा गर्नु पर्ने रहेछ, उनको भनाई थियो । कमसेकम पसल अगाडि साबुनपानी वा ह्याण्ड सेनिटाइजर ब्यवस्थापन गरेर तथा सुरक्षा अपनाएर पसल खोल्न भनेको भए हुन्थ्यो तर अहिले त यो पनि नगरी यहि हो पैसा कमाउने मौका भनेर ब्यापारी लाग्दा पनि कसैलाई कार्वाही नहुदो रहेछ, उनको दुखेसो थियो ।
अर्का ब्यवसायी ज्ञानु पौड्यालले त सामाजिक सञ्जाल फेसबुकमा स्टाटस नै लेखेकाछन् । उनले लेखेकाछन्
अब लकडाउन को मोडेल चेन्ज गर्नै पर्छ किनकि यो लकडाउन भएको धेरै समय भैसकेको छ र कोरोना नि दिन प्रतिदिन बडिराखेको अबस्था र कहिले कति दिन कति महिना कति बर्स मा रोकिने हो यसको मापन गर्ने कुनाइ अधार अहिले सम्म पत्ता लागेको छैन अब बेपार बेबसाय लाइ जोर बिजोर अत्याआस्यक नभनिकन सबै लाइ 8-12 बजि सम्म खोल्न दिनु पर्छ र बेपारि हरुले आफ्नो पसल अगाडि हात धुनको लागि पानी र साबुन को बेबस्था गर्ने सेनेटाइजर राख्ने र ग्राहक लाइ अनिबार्य माक्स को बेबस्था गराउने र सामाजिक दुरि कायम गराउने र यो सुरक्षा को अबलोकन सरोकार वाला निकाय ले गराउने यो सुरक्षा को प्रकृया नपुराउने दोकान लाइ बरु जरिमाना गराउने उपाय चाइ प्रभाबकारि हुने छ नत्र यो मोडेल को लकडाउन को अर्थ छैन रोड मा कोरना नसर्ने सटर अगाडि नसर्ने आदि सटर खोलेर बेपार गर्दा नसर्ने 42 आइटम का बेपार बेबसाय मा नसर्ने मात्र जुता चपल कपडा कस्मेटिक इलेक्त्रीक भाडा मोबाइल …………. पसल मा मात्र कोरोना सर्ने हुदैन तसर्थ सुरक्षा र सामाजिक दुरि कायम राखेर सबै लाइ निस्चित टाइम तोकेर बेपार बेबसाय गर्न दिनु परो
सोहि स्टासमा कमेन्ट गर्दै अर्का ब्यवसायी रिङकुमार आचार्य लेख्छन्-
संबंधित निकाय ले ४२ वटा item लाई भद्रगोल तालले पसल खोल्न दीयर ५/७ वटा item लाई ७०दिन देखी दुले व्यापार गर्न बाध्य बनाई कोरोना संक्रमण को ऊँच जोखिम मोलेर संचालन गर्नु/ गरौनु भंदा स्वास्थ्य सुरक्षा को उच्च सतर्कता अपनाई ब्यबसाही संचालन गर्न / ग़राऊँन सम्बंधित निकाय ले टोल लाई ज़िम्मा दिदा अति ऊतम हुने छ। अन्यथा risk मोलेर व्यापार ग़राऊँन बाध्य बनाउदा अबिभाबक बिहीन भई ब्यबसाही आक्रोस पूर्ण तरीक़ा ले पसल खोल्न बाध्य हुने छन। तत्तपश्चात को जबाफ़ देहि बन्न ज़िमेवार निकाय को भूमिका ले थेगन गारो होला । आजै बीबेक पुराउनु हुन अनुरोध छ।
