दमकसंग जोडिएको कमल गाँउपालिकामा एकजनामा भेटियो कोरोना पोजेटिभ
दमक/ दमकसंग जोडिएको कमल गाँउपालिकामा पनि एकजनामा कोरोना पोजेटिभ देखिएको छ । आज झापाको कमल गाउँपालिकामा सँक्रमित १८ वर्षिय पुरुष रहेकाछन् । उनि कमल गाउँपालिका वडा नँ १ बाँसबारीको रहेको र केहि दिन अघि भारतबाट आएर क्वारेन्टाइनमा बस्दै आएका थिए ।
गत जेठ १४ गते भारतको पटना बाट जोगवनी नाका हुदै नेपाल आएको र उनलाइ कमल गाउँपालिकाको सहिद धर्मभक्त माबिको क्वारेन्टाइनमा राखिएको जनाईएको छ । उनि अन्य २ जना साथीसंग आएका थिए । उनिहरुको रिर्पोट भने नेगेटिभ रहेको छ ।
